६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर पठाउँदा र्‍यापिड टेस्ट


बाँकेको खजुरा गाउँपालिकाले संचालन गरेको मैटहवा माबिको क्वरेनटाइनमा रहेका ४ जनालाई घरमा जानु अघि र्‍यापिड टेस्ट गरेर मात्र घर पठाएको छ । उनीहरू ४ जनाकै रिपोर्ट नेगेटिभ देखिएपछि घरमा पठाएको खजुरा गाउँपालिका नर्सिङ अफिसर लक्ष्मी केसीले जानकारी दिइन् ।

खजुरापछि सोही टीमले जानकी गाउँपालिकामा पुगेर २ जनाको टेस्ट गरेको थियो । केसीका अनुसार राधपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट मेलिना मल्लले तालिमपछि कोरोनाको जाँच र्‍यापिड डाइग्नोस्टिक कीट द्रुत मेसिनले गर्ने गरेकी छिन ।

Nabintech