८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा सहयोग जुट्ने क्रम जारी


कोहलपुर/ कोरोना महामारी पछिको लकडाउनका कारण समस्यामा परेका बिपन्नहरुको सहयोगका लागि कोहलपुर नगरपालिकामा सहयोगी हातहरु बढ्दै गएका छन । आईतवार बिभिन्न संघ सस्थाहरुले झण्डै २ लाख रुपैया सहयोग गरेका छन् ।


कोहलपुर १० मा रहेको बागेश्वरी एकेडमीले कोहलपुर नगर पालिकाको बिपत व्यवस्थापन कोषमा ६० हजार रुपैया सहयोग गरेको छ । बिद्यालयका अध्यक्ष किसन गुरुले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

यसै गरि घरेलु तथा साना उद्योग महासघ कोहलपुरले ३० हजार सहयोग गरेको छ । सहयोग रकम महाँसघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसीले हस्तान्तरण गरेका हुन् ।
यसैगरि सघर्ष दलित महिला बचत तथा ऋण सहकारी सस्थाले ३० हजार ५ सय , गोरख नाथ टेनिङ सेन्टरका सञ्चालक मधु खडकाले १० हजार १ सय ३३ रुपैया हस्तान्तरण गरको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए ।

यस अघि प्रभु बैक कोहलपुर शाखाले बिपन्न समुदायका लागि ७५ हजार ३५ रुपैया बारवरको खाद्यान्न सहयोग गरेको छ । बैकले ३५ बोरा चामल , ११ पेटी तेल २ बोरा नुन , ४ बोरा अरहरको दाल सहयोग गरेको बैककी कोहलपुर शाखा प्रमुख कल्पना घिमीरेले जानकारी दिईन ।

कोहलपुर नगरपालिको बिपत कोषमा यस अघि कोहलपुर नगरपालिकालाई गोरखा युनाईटेड बोर्डिङ स्कुल कोहलपुर २ ले १ लाख , राजनितिज्ञ तथा समाजसेबी खिल प्रसाद भुपालले ५१ हजार ,बसपार्क सुधार समितिले ५५ हजार ,बासोवास महिला बचत तथा ऋण सहकारी ले २५ हजार ५ सय ,क्रिसाले २१ हजार ,कोहलपुर २ का सशेन्द्र शाहीले १० हजार सहयोग रकम प्राप्त भएको कोहलपुर नगर पालिकाका योजना अधिकृत अग्नी आचार्यले जानकारी दिए । नगर प्रमुख रावतले नगरपालिका तर्फ बाट ४ हजार ३ सय बिपन्न लाई राहात बितरण गरि सकेको बताउदै आगामि दिनमा आवश्यकता हेरेर रहात बितरण गरिने बताए ।

Nabintech