८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारीमा राहात वितरण सुरु


राप्ती सोनारी (अगैया)/ राप्ती सोनारी गाउँ पालिकाले आजबाट राहात वितरणको काम सुरु गरेको छ। कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनको क्रममा मानिसको दिनिक जिवनमा ठूलो असर परेको भन्दै गाउँ पालिका लगायत अन्य सहयोगी हातहरुले राहत दियका हुन ।

गाउँ पालिकाले सबै वडाहरुमा ट्याक्टर, अटोमा घर घरमा गायर राहात उपलब्ध गराउन सुरु गरेको हो । पालिकाले सबै परिवारलाई साबुन, सरफ, नुन, तेल उपलब्ध गराएको छ । भने अति विपन्न परिवारलाई दाल चामल नुन तेल पनि उपलब्ध गराएको हो ।

यस्तै सोल्टी युवा क्ल्व राप्ती सोनारी ५ का युवाहरुले गोरधुइ र आलिनगरका २० घर परिवारलाई खाधान्न उपलब्ध गरायका छ्न । क्लवका अगुवा युवराज केसिले ३ क्विन्टल चामल, गहुँ र नुन वितरण गरिएको जनाए । उनले गरिव, अति विपन्न,अनाथ, अपाङ्ग , दृस्टिविहिनलाई छनौट गरि राहात दिईयको अगुवा केसिले जनाए ।

Nabintech