५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खनालले कोहलपुरबाट १६ जनालाई उद्धार गरे


कोहलपुरबाट १६ जनालाई उद्धार गरि बर्दिया पठाईएको छ । काठमाण्डौं र पोखरामा ज्याला मजदुरी गर्न गएका बर्दियाको बासगढी र बारबर्दिया नगरपालिकाका १६ जनालाई कोहलपुरका समाजसेवी तथा उद्योगी व्यवसायीहरुका अगुवा नेता विष्णु खनालको टिमले काठमाण्डौं र पोखरामाबाट पैदल आएका १६ जनालाई उद्धार गरि बर्दिया पठाईएको बताएका हुन् । पोखराबाट आएका ६ जना र काठमाण्डौबाट आएका ११ जनाको उद्धार भएको हो ।
एक महिला सहित पैदल ७ दिनमा आईतवार विहान कोहलपुर आएका उनिहरुलाई खाजाका रुपमा पानी,बिष्कुट र फ्रुटी खुवाएर गाडीमा पठाएको खनालले नयाँ कोर्सलाई बताए । बाँकेको सिमाना मानखोला सम्म खनालको पहलमा पुर्याएको हो ।
बर्दियाको मानखोलाबाट सम्वन्धीत स्थानीय तहका प्रमुखहरुलाई उनिहरुलाई घर सम्म पुर्याई दिन आग्रह गरेको र स्थानीय तहका प्रमुखहरुले मानखोलाबाट बुझेर लैजाने प्रतिबद्धता जनाएको खनालले बताए ।

Nabintech