६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उप-प्रमुख थारुले संकटको समयमा सहयोग गर्न आग्रह गरीन


कोहलपुर नगरपालिकाका उप प्रमुख सञ्जु कुमारी थारुले बिपतका बेला स्थानिय सरकारलाई सहयो गर्न अपिल गरेकी छन । उपप्रमुख थारुले संकटको समयमा सक्नेले राज्यलाई पनि सहयोग गर्न आग्रह गरिन । कोहलपुर नगरपालिका क्षेत्रमा रहेका सम्पुर्ण गैरसरकारी संघ संस्थाहरु तथा नेपालको विभिन्न ठाउमा अवस्थित परामर्श दिने संस्थाहरुलाई सहयोगका लागि उपप्रमुख थारुले आग्रह गरेकी छन ।
फेसबुकमा स्टाटस लेख्दै उपप्रमुख थारुले भनेकी छन नगरपालिकाले बिनियोजन गरेको लक्षित बर्गको कार्यक्रम तथा परामर्शसेवाको काम गर्न तछाड मछाड गर्दै ,मेयर, उपमेयर,वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरु संग लबिङ गर्नेले यो बिपद्को घडीमा मेरो पनि केहि हिस्सा सहयोग हुन्छ है भन्न किन हिचकिचाउदै हुनुहुन्छ ?
उप प्रमुख थारु अगाडी लेख्छीन आउनुस हातेमालो गरौं यो महासंकटको बेला तपाइको सानो सहयोगले अतिविपन्न जनताको चुलो निभ्न बाट रोकिन तथा कोभिड १९ को बिरुद्ध लड्न मदत हुनेछ ।

Nabintech