९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेडिकल कलेजका कर्मचारी भन्छन : सुरक्षा समाग्रि बिना काममा लगाईयो


नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारीहरुले कोरोना भाईरसको महामारिका समयमा आफुहरुलाई प्रयाप्त सुरक्षा सामाग्री बिना काममा पठाईएको गुनासो गरेका छन ।
लर्ड बुद्ध एजुकेसन एकेडमी लि कर्मचारी युनियनका सभापति कुश्माखर बस्याल र महासचिव रत्ना गिरीद्धारा जारी बिज्ञप्तीमा अस्पतालमा कार्यरत डाक्टर , नर्सिङ स्टाप तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सामाग्री बिना काममा लगाईएको आरोप छ ।


बिज्ञप्तीमा पिपिई , मास्क , सेनीटाईजर र मास्क तथा आधारभुत स्वास्थ्य उपकरणहरु समेत उपलब्ध नगराईएको उल्लेख छ । मेडिकल कलेज कोहलपुरलाई पछिल्लो समयमा आधा दर्जन बढि संघ सस्थाले पिपिई लगायतका आधारभुत स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
कोहलपुर नगरपालिकाले ५ थान , कोहलपुर उद्योग बाणिज्य संघ र लायस्स क्लवले ९ थान , प्यावसनले ९ थान पिपिई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई दिएका छन ।
बिभिन्न संघ सस्थाहरुले समेत सहयोग गरेका बेला आफ्ना स्वाथ्य कर्मचारी हरुलाई सुरक्षा सामाग्री  बिना काममा पठाउनु अत्यन्तै गलत भएको सर्वसाधारणहरुको भनाई छ ।
महगो सेवा शुल्क लिने मेडिकल कलेजले अफ्ना कर्मचारीलाई स्वास्था सुरक्षा सामाग्री नदिनु लाजमर्दे कुरा हो ।

Nabintech