९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिपन्नलाई अबिलम्व राहत देउ : नेकपा राप्ती सोनारी


नेकपा राप्ती सोनारी गाउँपालिले लक डाउनका कारण समस्यामा परेका बिपन्नहरुलाई अबिलम्व राहात बितरण गर्न माग गरेको छ ।
नेकपा राप्ती सोनारीका अध्यक्ष चाम बहादुर घर्ति र सचिव मनोज के सी द्धारा जारी बिज्ञप्तीमा लगडाउन सुरु भएको तिनहप्ता हुन लाग्दा समेत कसैले राहात नपाएको भन्दै राहात बितरण गर्न माग गरिएको हो ।

बिज्ञप्तीमा काखा र पाखा नगरी मापदण्ड बनाएर नामावली संकलन गरि रहात बितरणगर्न माग गरिएको हो । सकटका बेला आस्थाका आधारमा बिभेद नगरि बिपन्न समुदाय , दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अपाङता भएकाहरुलाई अबिलम्व राहात दिन माग गरिएको छ ।
बिज्ञप्ततीमा पालिका र वडा स्तरमा वडा समन्वय समिति गठन गरि त्यसैको माताहतमा रहेर प्रभावकारी तवरले राहात बितरणको काम गर्न भनिएको छ ।

Nabintech