१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पत्रकारलाई राहतको ब्यबस्था गर्न ५ नं प्रदेश सरकारलाई पत्रकार महासंघको अपिल


 

नेपालगन्ज/ कोरोना भाइरस कोभिड– १९ बाट बच्न र बचाउन ५ नं प्रदेश पत्रकार महासंघले पत्रकारसंग जोडिएका बिषयलाइ सम्बोधन हुनेगरी अपिल गरेको छ ।
अपिलमा महासंघका महासचिव भेषराज बस्नेत हस्ताक्षरित अपिलमा फैलदै गएको महामारी कोभिड– १९ बाट बच्न बचाउन जनतालाइ सुसूचित गराउन पत्रकारले महत्त्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद व्यक्त गरिएको छ ।

साथै सम्पुर्ण संचारकर्मीहरुलाइ सत्य तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण गर्न समेत आहवान गरिएको छ ।
अपिलमा १८ दिनदेखि लकडाउनको प्रभावमा परेर हातमुख जोड्न मुस्किल अवस्थामा रहेका संचारकर्मीहरुलाइ राहत उपलब्ध गराउन ५ नं प्रदेश सरकार संग जोडदार माग समेत गरिएको छ । जोखिम मोलेर फिल्डमा रिपोर्टिङ गर्ने पत्रकारहरुलाइ आफू पनि सचेत रहेर रिपोर्टिङ गर्न भन्दै ५ नं। प्रदेशमा रहेका १२ जिल्लाका जिल्ला शाखालाइ पत्रकारको राहत उपलब्ध गराउन अपिल मार्फत निर्देशन समेत दिइएको छ ।

Nabintech