४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक डाउनको समयमा झन बढ्यो राप्तीमा दोहन

जनप्रतिनिधि,तस्कर र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा राप्ती दोहन भैरहेको स्थानीयको भनाई



कोहलपुर/ लक डाउनका समयमा पनि राप्ती नदि दोहन गर्ने क्रम बढेको छ । राप्ती सोनारी गाँउपालिका अन्र्तगत पर्ने खोलाहरुमा तस्करहरुले दोहन जारी राखेका हुन् ।
तस्कर र स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतोमा व्यापक मात्रमा नदि दोहन भएको स्थानिय वासिन्दाहरुको भनाई छ ।

राप्ती सोनारी गाउँपालिका अन्र्तगत राप्ती नदि र मुगुवा खोलामा लक डाउनको मौका छोपी रातको समयमा व्यापक मात्रमा नदि दोहनको काम भईरहेको स्थानिय बाबु लाल खत्रिले नयाँ कोर्सलाई बताए । उनले रातको समयमा जेसीबिको प्रयोग गरि नदि दोहनको काम हुने गरेको उनको भनाई छ ।

राप्ती सोनारी गाउँपालिकाका अनुसार नदि जन्य पदार्थ निकासीका लागि यस वर्ष ठेक्का लगाउन नसकेको र पालिकाले अमानतमा नदीजन्य पदार्थ निकासी गर्ने निर्णय गरेको भएपनि कोरोना महामारीका कारण नदि जन्य पदार्थ निकासी रोकिएको छ । प्रत्यक्षदर्सी स्थानिय वासिन्दा अनुसार हाल सम्म पालिकाले ठेक्का लगाउन नसक्दा अबैध उत्खनन्ले प्रसय पाएको छ । ठेक्का लगाएको भए ठेकेदारले अफ्नो तरिकाले उत्खनन् गर्थे उनले भने , पालिकाले ठेक्का नदिदा दोहन पनि हुने र राजस्व पनि सुन्य हुने अवस्था छ ।
अघिल्लो आर्थिक बर्षमा राप्ती नदिको ५ ओटा नदि र खोलाहरुबाट झण्डै १४ करोड बारावर राजस्व संकलन गरेको थियो । यस वर्ष तस्करहरुको चलखेलका कारण हाल सम्म ४ पटकको टेण्डर रद्ध गरेकोले राप्ती सोनारी पालिकाले कुनै पनि रकम उठाउन सकेको छैन ।

पालिकाले नदि जन्य पदार्थ निकासी नगरेको भएपनि तस्करहरुले भने लक डाउनलाई मौकाको रुपमा प्रयोग गरेको स्थानीयहरुको भनाई छ । राप्ती सोनारी गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले लक डाउनका समयमा नदि जन्य पदार्थको अबैध निकासी भएको स्विकार गरे । वस्नेतले आफु एक्लैले केही गर्न नसक्ने भएकाले मिडियाको आफुलाई सहयोग चाहिएको नयाँ कोर्ससंग आग्रह गरे । गाउँ पालिकामा पुगेको नयाँ कोर्सको टिमसंगको कुराकानिमा उनले खोलामा गएर हेरिदिन पनि आग्रह गरे ।
अमानतमा दिनका लागि ४० जना कर्मचारी पालिकाका तर्फबाट छनौट गरिएको भएपनि लक डाउनका कारण बैधानिक तरिकाले नदि जन्य पदार्थको निकासी रोकिएको उनको भनाई रहेको छ ।

१ ट्रिपर नदि जन्य पदार्थ झिक्नका लागि ४ हजार रुपैया रोयल्टी तिनुपर्ने भएपनि रातको समयमा तस्करहरुले अवैध उत्खनन् गर्दा सो रकम तिर्नु नपर्ने स्थानिय शालिक राम डाँगीको भनाई छ । तस्करहरुले केहि रकम स्थानिय जनप्रतिनिधी र केही रकम स्थानिय युवाहरुलाई दिएर रातभर नदि दोहन गर्ने गरेको उनिहरुको भनाई रहेको छ ।
समाचार श्रोतका अनुसार पालिकाले अमानतमा रोयल्टी उठाउन नियुक्त गरेको कर्मचारीहरु नै हाल राप्ती दोहनमा सक्रिय रहेका छन । उनिहरुको समन्वयमा दोहन भई रहेको स्थानिय वासिन्दाहरुको भनाई छ ।

राप्ती नदिमा वडा नं ३ खैरेनी नाका , साईपुर नाका , वडा नं ४ को लालपुर , वडा नं ५ को आलि नगर नाका , ललै नाका बाट नदिजन्य पदार्थ निकासीको काम भई रहेको छ । यसैगरी वडा नं २ को मुगुवा , माथेवास र मधुई नाका बाट नदि जन्यपदार्थ उत्खननको काम भई रहेको स्थानियले बताएका छन ।
राप्ती सोनरी गाउँ पालिकाका अध्यक्ष लाहुराम थारुले आफुहरु बिपतको समयमा जनता लाई कसरी राहात दिने भन्ने तर्फ लागेको बताउदै नदि दोहन रोक्न सञ्चारकर्मिको सहयोग चाहिएको बताए । अबैध दोहन रोक लगाउन प्रहरी लाई सचेत गराएको भएपनि कतिपय मानिसहरु चोरेरै जिवन चलाउन खोजेकाले समस्या पैदा भएको उनको भनाई थियो । अवैध दोहन रोक्न नसकिएको उनको स्विकारोक्ति थियो ।

इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज पुस्करराज जोशीले खोलामा गस्ती गर्ने क्रममा दोहन गरेको नभेटिने तर नदी तथा खोलामा हेर्दा उत्खनन् गरेको खाल्डाहरु बढिरहेको बताए ।

Nabintech