८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारीमा राहात वितरण भएन

नामावली संकलनमा पक्षपात भएको भन्दै नेकपाले ध्यानाकर्षण गरायो



राप्ती सोनारी (बाँके) / विश्व भरी माहामारीको रुपमा फैलिएको कोरोनाका कारण देशले लकडाउँनको सामना गरेको १८ औ दिन भएको छ । तिन तहका सरकारहरु कोरोना नियन्त्रणको अभियानमा होमिएका छन् । लकडाउँनका कारण दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारका मान्छेहरुलाई दैनिक गुजारा टार्न समस्या झेल्नु परिरहेको
छ । त्यस्ता घरपरिवारलाई राहात दिन सरकारले सबै स्थानिय तहहरुलाई निर्देशन गरेको छ । सरकारको निर्देशन धेरै स्थानिय तहले कार्यान्वयन गरेका छन् ।

सरकारको निर्देशन बाँकेका केही स्थानिय तहले कार्यान्वयनबाट पछि हट्दा दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारका मान्छेहरुलाई गुजारा टार्न समस्या भैरहेको गुनासो बढि रहेको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाले राहात वितरण प्रक्रियालाई अहिले सम्म अघि बढाउन सकिरहेको छैन । पालिकाले ४ हजार घर परिवारको नामावली संकलन गरेको भए पनि एक जनालाई पनि राहात वितरण गर्न नसक्दा आलोचित बन्दै आईरहेको छ ।

वडा वडाबाट दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारको नामावली संकलन गरिएको भए पनि गाँउपालिकाको अन्यौल्ताका कारण अहिले सम्म राहात वितरण नभएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती सोनारी गाँउपालिका कमिटी सचिव मनोज के.सी ले नयाँ कोर्ससँग गुनासो गरे ।

राप्तीसोनारी वडा नं १ का विपन्नलाई राहात दिन माग गर्दै नेकपा ले गाँउपालिकाका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । जनप्रतिनिधि ले राहत वितरणका लागि नामावली संकलन पक्षपाती ढंगले गरेको भन्दै  नेकपाका नेताहरुले यसको घोर भत्सर्ना गरेका हुन् । राप्तीसोनारि गाउँपालिका वडा न १ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा न १ वडा कमिटीको बैठक बसि वडा अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाईएको नेता यम बहादुर खड्काले बताए ।

सरकारलेकोरोना भाईरसबाट बच्न गरेको लकडाउनमा अति विपन्न परिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत उपलब्ध गराउन नेकपाले जोडदार माग गरेको छ । नेकपा राप्तीसोनारीले संकटमा मेरा र तेरा भनेर जनता लाई दुख नदिन समेत सावधानी गराएको छ ।

ध्यानाकर्षण पत्रमा वडा का इन्चार्ज भरत बुढाथोकी सह इन्चार्ज चुण बहादुर  कुमाल र पार्टीका वडा अध्यक्ष यम बहादुर खडकाले हस्ताक्षर गरेका छन ।

नेकापा बाँके क्षेत्र नं १ का संयोजक सुर्य ढकालले राहात बितरण निष्पक्ष ढंगले गर्न माग गरेका छन । उनले संकटका समयमा तेरो र मेरो नभनि मापदण्डका आधारमा सबैलाई राहात दिन माग गरेका हुन् ।

 

Nabintech