कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले नगरपालिकाले स्थापना गरेको बिपद ब्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नेहरुलाई आभार प्रकट गरेकी छन् । विश्वभरी फैलिएको कोरोनासँग जुध्न कोहलपुर नगरपालिकाको बिपद ब्यवस्थापन कोषमा हालसम्म आर्थिक सहयोग गर्ने सहयोगी मनहरुलाई आभार प्रकट गरेकी हुन् ।
उनले संकटको घडिमा सहयोग गर्न चाहने सहयोगी मनहरुले कृषि बिकास बैंक कोहलपुर शाखामा रहेको कोहलपुर नगरपालिकाको बिपद ब्यवस्थापन कोषको खाता न 0720501000235306 मा जम्मा गर्न अथवा सिधै कोहलपुर नगरपालिकामा सम्पर्क गर्न अपिल गरेकी छन् ।
उप–प्रमुख थारुले कोहलपुर नगरपालिकाको बिपद ब्यवस्थापन कोषमा अहिले सम्म सहयोग गर्ने नेकपाका युवा नेता तथा समाजसेवि खिल प्रसाद भुषाल,शैलेन्द्र शाही ,कृसा , बसोबास महिला सहकारी संस्था ,गोर्खा युनाइटेड स्कुल र ,कोहलपुर बसपार्क ब्यवस्थापन समितीलाई आभार प्रकट गर्दै धन्यवाद दिएकी हुन् ।
यसै गरी नगरपालिका मार्फत विपन्न परिवारलाई खाद्यन्न तथा अन्य राहत सामग्री प्रदान गरेर सहयोग गर्ने प्रभु बैंक कोहलपुर शाखा र डेक नेपाललाई पनि आभार प्रकट गरेकी छन् ।