१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘पीडितलाइ न्याय दिलाउ’


महिला मानबअधिकार रक्षक संजाल नेपालगन्ज बाँकेले एक प्रेस विज्ञप्ति मार्फत दोषीमाथि कारबाहिको माग गरेको छ। मानिसहरुको आवतजावतमा कमि भएको लकडाउनको बेला पारेर बांकेको कोहलपुरमा १४ वर्षिया बालिका बलात्कृत भएको समाचार नयाँ कोर्समा आएको घटनाप्रति महिला मानबअधिकार रक्षक संजालका अध्यक्ष अछरी पोखरेल लगायतले खेद प्रकट गर्दै दोषीमाथि कानुन बमोजिमको कारबाहिको माग गरेका छन् ।

कोहलपुर ११ बस्ने अन्दाजी २४ वर्षिय आकाश मल्ल र दाङ घर भई अध्यानको सिलसिलामा कोहलपुर एकता नगर बस्दै आएका अन्दाजी २४ वर्षिय अंकित गिरिले सामुहिक बलात्कार गरेको पीडितले बताएकी छिन । एकता नगर घर भएकी १४ वर्षिया बालिकालाई मल्लले आईतबार आफ्नै घरमा काम छ भनी बोलाएर डर धम्की देखाएर दुई जनाले सामुहिक बलात्कार गरेको प्रहरी जनाएको छ ।घटनामा सहभागि अभियुक्त आकाश मल्ललाई आफन्तको सहयोगमा प्रहरीले पक्राउ गरेतापनि अर्का अभियुक्त अंकित गिरि फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुबै जना अभियुक्तलाइ कानुन बमोजिमको कारवाहि र पीडितलाइ न्याय दिलाउन सम्बन्धित पक्षसंग जोडदार माग संजाल कि अध्यक्ष पोख्रेलले गरेकी छिन् । यदि पीडितले न्याय नपाउने र पीडक उम्कने अवस्था आएको खण्डमा महिला मानबअधिकार रक्षक संजाल बांके कडा रुपमा प्रस्तुत हुने पनि यसै प्रेस विज्ञप्ती मार्फत पोख्रेलले जानकारी गराएकी छिन।

Nabintech