९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खनालको औषधी छर्कने अभियानले निरन्तरता पायो


कोहलपुरका व्यवसायी बिष्णु प्रसाद खनाल, व्यावसायी यमनाथ पौडेल लगायतको टिमले कोहलपुर नगरपालिकाको बिभिन्न क्षेत्रमा सेनिटाईज गर्ने अभियानलाई बिहिवार पनि निरन्तरता दिएको छ ।
खनाल लागायतको टिमले कोहलपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा कोरोना भाईरस लागायत अन्य रोग बिरुद्ध फिनाईल सहितको सोडियम हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्केर सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको हो ।
कोहलपुर नगरपालिकासंग समन्वय गरि खनालले बिगत १ हप्ता देखि नै सेनिटाईज गर्ने अभियान सुरु गरेका थिए । बिगतमा सानो हाते मेसिन ले औषधि छर्केकोमा हाल गाडि मार्फत ठुलो मेसिनले छर्कन थालेको खनालले जानकारी दिए । बिहिवार २ ओटा गाडी सहितको मेसिन मार्फत ५ हजार लिटर औषधि छर्केको खनालले जानकारी दिए । खनालको अभियानमा कोहलपुरका आधा दर्जन व्यवसायिले साथ दिएका छन ।

खनालको टिमले चप्परगौडी बजार क्षेत्र , कोहलपुर ११ को गन्दर्भ बस्ती , लोक नगर कमैया बस्ती , ईलाका प्रहरी कार्यालय कोहलपुर क्षेत्र र कोहलपुरको साझा चोक क्षेत्रमा औषधि छर्कि सकेका छन । बिहिवार उनले मुख्य बजार क्षेत्र कोहलपुर नगरपालिकाकोवडा नं २ , वडा नं ६ लगायतका स्थानमा औषधि छर्केको नयाँ कोर्स लाई जानकारी दिए ।

उन लाई धौलागिरी हाड वयरका यमनाथ पौडेल , राजनितिज्ञ एंव समाज सेवी शेषकान्त्त शर्मा , कोहलपुर ११ को दुर्गा मोटर पार्टका सञ्चालक जगन्नाथ खतिवडा , घरेलु महासघ कोहलपुरका महासचिव सि.एम उपाध्याय , श्रृष्टी मोटर पार्टसका सञ्चालक बिकास बुढाथोकी लगायतले साथ दिएका छन ।
कोहालपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव समेत रहेका अगुवा व्यावसायी खनालले आफुहरुले कोहलपुरको सम्पुर्ण क्षेत्रमा औषधि छर्कने बताए ।

Nabintech