५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका चार नाकामा बेरियल राखियो


लकडाउनलाई थप प्रभावकारी बनाउन कोहलपुर प्रबेश गर्ने चार ओटै नाका बन्द गरिएको छ । यस अघि सर्वदलिय÷सर्वपक्षिय भेलाले गरेको निर्णय र जोखिक कम गर्न चारै तिरको नाका पुर्ण रुपमा बन्द गर्न बेरियल निर्माण गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावत ले जानकारी दिए ।

पुर्वतर्फ चप्परगौंडी (रोहिनी खोला), पश्चिमतर्फ मदनचोक, उत्तरतर्फ कौशिलानगर र दक्षिणतर्फ हवल्दारपुरमा वेरीयर निर्माण गरिएको कोहलपुर नगरपालिकाका योजना शाखा प्रमुख अग्नी आचार्यले जानकारी दिए ।

कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै लकडाउनलाई कडाई गर्ने र त्यस अवधिमा निजि सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।  अत्यावश्यक सवारी साधन भने उद्योग वाणिज्य संघ तथा ईलाका प्रहरी कार्यालयसँग समन्वय गरेर संचालन गर्न दिने निर्णय गरीएको कोहलपुर नगरपालिकाका योजना अधिकृत आचार्यले जानकारी दिए ।

बैठकले प्रत्येक वडाका मुख्य सडकहरु पूर्ण रुपमा बन्द गर्ने र विपन्न समुदायका ब्यक्तिहरुको घरमै पुगेर राहत वितरण गर्न वडा कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको आचार्यले बताए ।

Nabintech