९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा प्रहरीको कडा चेक जाँच


कोहलपुका भित्री बस्तीहरुबाट अत्यावश्यक अवस्थाबाहेक मानिसहरु जथाभावी घरबाहिर निस्कन थालेका छन् । यसले गर्दा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)  भित्रने जोखिम बढेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरले चेक जाँचलाई कडाई गरेको छ ।
राजमार्गसँग जोडिएका भित्रि सडकका नाकाहरुबाट मानिसहरु घरबाहिर निस्किएर हिँडडुल गरिरहेकाले चेक जाँचलाई कडाईका साथ लागु गरेको कोहलपुर प्रहरी प्रमुख कुलदिप चन्दले नयाँ कोर्सलाई बताए। प्रहरीको आँखा छलेर मानिसहरु जताततै हिँडडुल थर्न थालेको गुनासो आएको हो ।

लकडाउनपछि बजार पूर्ण रुपमा ठप्प छन् । तर ग्रामीण भेगमा भने सुरुका केही दिनमा स्थानीय वासिन्दा आफै सक्रिय भएर छेकबार गरी डकडाउनको कार्यान्वयन गराए पनि अहिले भने जथाभावी हिँडडुल गर्न थालिएको छ ।

Nabintech