६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राहात कोषका लागि अशिम पोलिक्लिनिकद्धारा सहयोग


 

भुरिगाउँ/ बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँ बजारस्थित अशिम पोलिक्लिनिक प्रा.लिले कोरोना राहत कोषका लागि १५ हजार बढिको सहयोग प्रदान गरेको छ । बिहिबार पोलिक्लिनिकका प्रबन्ध निर्देशक आशिष तिमिल्सिना र म्यानेजर मान बहादुर चौधरीले ठाकुरबाबाका नगर प्रमुुख घननारायण श्रेष्ठलाई पाँच हजार पाँच रुपैयाको सहयोग रकम प्रदान गर्नुभएको छ । साथै पोलिक्लिनिकले दश हजार बराबरको औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रबन्ध निर्देशक तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण अहिले त्रासको वातावरण सृजना भएको छ । कोरोना नियन्त्रणका लागि नेपालमा पनि भएको लकडाउनबाट उत्पन्न विषम परिस्थितिलाई सामाना गर्न हरेक नागरिकको कर्तब्य भएको हुँदा आफुहरुले पनि केही सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको प्रबन्ध निर्देशक तिमिल्सिनाको भनाई छ । नगर प्रमुुख श्रेष्ठले सहयोग रकम बुझदै पोलिक्लिनिक प्रा.लिले जस्तै अहिलेको अवस्थामा सहयोगी हातहरुको आवश्यकता परेको हुँदा यो समस्यासंग लड्न हातेमालो गर्न आम सर्वसाधारणलाई आव्हान गर्नुभयो ।

Nabintech