५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
डेक नेपालको सहयोग


डेक नेपालले कोहलपुर नगरपालिकालाई राहात तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सस्थाले ५० जनाका लागि राहात तथा स्वास्थ्य सामाग्री कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

सो राहात तथा स्वास्थ्य समाग्री प्याकेजमा मास्क २० थान , जिवन जल १ पोका , सिटामोल १ बट्टा , चामल १० केजि , दाल १ केजि , नुन १ केजि , तेल आधा लिटर र साबुन १ पिस सहयोग गरेको सस्थाका अध्यक्ष देबिदत्त आचार्यले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरु कोरोेना पछिको लक डाउनका कारण जोखिमा परेको भन्दै सस्थाले सो प्योकज सहितका राहात तथा स्वास्थ्य समाग्री तयार पारेर नगारपालिका लाई हस्तान्तरण गरेको उनले जानकारी दिए ।

राहात सामाग्र्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले अपाङ्गता भएका व्यक्तिहरु लक डाउनका कारण उच्च समस्यामा परेको बताउँदै उनिहरुलाई कोहलपुर नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताईन । उनले सो राहात अबिलम्व अपाङ्गता भएकाहरु समक्ष पुर्याईने प्रतिबद्धता जनाईन ।
डेक नेपालले अपाङ्गता बिकास परियोजना आन्र्तगत कोहलपुर र बैजनाथ गाँउपालिकामा कामगर्दै आएको छ ।

Nabintech