६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सांसद अथकको जनसम्पर्क कार्यालयद्धारा पत्रकारलाई सुरक्षा सामाग्री बितरण


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज (अथक)को जनसम्पर्क कार्यालयले कोहलपुरका पत्रकाहरुका लागि सेनेटाईजर,माक्स र ग्लोव्स बितरण गरको छ । बिहिवार एक कार्यक्रम गरि जन सम्पर्क कार्यालयका सचिव शिव कुमार सुनारले कोहलपुरका २ दर्जन पत्रकारहरुलाई सेनेटाईजर,माक्स र ग्लोव्स बितरण गरेका हुन् ।

सुरक्षा सामाग्री वितरण गर्दै कार्यलय सचिव सुनारले कोरोनाका कारण पत्रकारहरु उच्च जोखिममा रहेका कारण यस क्षेत्रका पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरेको बताए । सेनेटाईजर,माक्स र ग्लोव्स सामाग्रि खरिदमा कोहलपुर नगरपालिका वडा नं ४ मा रहेको बिष्णु सः मिलले पनि केही सहयोग गरेको सचिव सुनारले जानकारी दिए ।
कोरोनाका महामारी बिच पत्रकारहरुले उच्च जोखिम मोलेर जनतालाई सुसुचित गराउने कार्य गरि रहेका छन । कोहलपुर क्षेत्रमा भण्डै एक दर्जन सञ्चार गृहहरु रहेका छन ।

Nabintech