८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रावतको निधन


कोहलपुरमा शिक्षाका अभिभावक तथा समाज सुधारक हरि प्रसाद रावतको ८९ वर्षको उमेरमा बुधबार राती ८ बजेर ४५ मिनेटमा दुखद निधन भएको छ । वि.स. १९८८ माघ १० गते  सल्यान जिल्लाको कालीमाटी काल्चेमा पिता रत्नलाल र माता कौशिल्याका ११ छोरा ४ छोरीहरुमा जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएको थियो ।सानै देखि तिक्ष्ण बुद्धिका हरि प्रसाद सबै सँग मिलेर काम गर्ने,उत्पीडन हुने सबै प्रकारका विभेदहरु का विरुद्ध खडा हुने स्वाभावको हुनुहुन्थ्यो ।समानता र समृद्धिका लागि दिनरात संघर्ष गर्ने यही स्वभावले हरि प्रसाद रावत सुर्खेत जिल्लाको संस्थापक जिल्ला सभापति,जिल्ला पंञ्चायत सदस्य ,जाजरकोट जिल्लाको भुमि सुधार अधिकारी,बाँके जिल्लाको कार्यबहाक जिल्ला सभापति समेत बन्नु भएको
थियो ।

वि.स २०२४ सालमा बाँकेको तत्कालीन चटार गाँउपालिका वडा नं ८ मा बसाई सराई गरि आउनु भएका हरि प्रसाद रावतले कोहलपुरमा शिक्षाको ज्योती छर्न कोहलपुर १० मा रहेको त्रिभुवन नमुना मावि र कोहलपुर ११ मा रहेको वागेश्वरी बहुमुखी क्याम्पसको स्थापना र विकासको नेतृत्व गर्नुभयो । समाज सुधारक हरि प्रसाद रावतका भाई नेकपा बाँकेका जिल्ला सचिवालय सदस्य लुुट बहादुर रावत कोहलपुर नगर प्रमुख,छोरा यम रावत प्याब्सन अध्यक्ष र नेकपा बाँकेका जिल्ला सदस्य समाज सुधार र कोहलपुर विकासको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।

नगरको शिक्षा को अभिभावकको देहान्तले मर्माहित भएको भन्दै नेकपा बाँकेका ईन्चार्ज दिनेश चन्द्र यादव,सहईन्चार्ज तथा बाँके १ का सांसद महेश्वर गहतराज अथक,पुर्व सभामुख तथा सांसद पुर्णा कुमारी सुवेदी,नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश सांसद आईपी खरेल,सांसद नन्दलाल रोकाय,प्रदेश कृषि मन्त्री आरती पौडेल,प्रदेश सांसद कृष्णा केसी नमुना,प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति,बैजनाथ गाँउपालिका अध्यक्ष मान बहादुर रुचाल क्षेत्री,नेकपा बाँके सचिव अशोक कोईराला ,नेकपा प्रदेश कमिटि सदस्य पुजन विश्वकर्मा,शान्ति ढकाल,प्रेम भुषाल,नरेन्द्र न्यौपाने ,नरेन्द्र पाण्डे जेम्स,प्रकाश सुवेदी,नेकपा नेता गोपाल गिरि, रत्न खत्री, अशोक कर्माचार्य,खिल प्रसाद भुषाल,सुर्य ढकाल लगायतका नेताहरुले स्व.हरि बहादुर रावत प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । रावतको निधनले कोहलपुर नगरवाशी शोकाकुल भएका छन् ।

कोहलपुरको बजार,नगरविकास समिति देखि शिक्षा क्षेत्रमा उहाँको देन कोहलपुरका जनताले कहिल्यै विर्सन नसक्ने संविधान सभा सदस्य नेकपाका प्रभावशाली नेता देवराज भारले बताउनु भयो ।जिल्लाको सभापति,भुमि सुधार अधिकारी देखि विभिन्न विकासका कामहरुमा नेतृत्वदायी भुमिकामा रहेका हरि प्रसाद रावत आफनो जिवन कालमा तत्कालीन राजा महेन्द्र बाट कदर पत्रबाट सम्मानित,राजा विरेन्द्रबाट सेवा पदकबाट सम्मानित,शिक्षा मन्त्रालयबाट कदर पत्रले सम्मानित,कोहलपुर नगरपालिका बाट शिक्षा अभिभावकको उपाधिले सम्मानित,लायन्सक्लब अफ ३२५वि २ बाट सम्मानित हुनु भएको थियो ।

समाज सुधारक तथा शिक्षाका अभिभावक हरि प्रसाद रावतलाई राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बाट रथारोहण सहित नागरिक अभिनन्दन र उपराष्ट्रपति नन्दकिशोर पुनले दोसल्ला ओढाएर,कदर पत्रले सम्मान गर्नु भएको थियो ।
स्व. हरिप्रसाद रावतको २ श्रीमती ५ छोरा र ३ छोरी मा जेठी श्रीमती र एक छोराको पनि स्वर्गारोहण भई सकेकाले कान्छी श्रीमती,४ छोरा र ३ छोरी छन् । उहाँको बिहिबार विहान राप्ती सोनारी स्थित अगैया घाटमा धार्मिक विधि अनुसार दाहसंस्कार गरिएको नेकपा बाँकेका नेता गोपाल गिरिले जानकारी दिनु भयो ।

Nabintech