५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका विपन्नलाई प्रभु बैंकको खाद्यान्न सहयोग

कोहलपुरमा सहयोगी मनहरु जोडिदै



कोरोना महामारी पछिको लकडाउनका कारण समस्यामा परेका बिपन्नहरुको सहयोगका लागि कोहलपुर नगरपालिकामा सहयोगी हातहरु बढदै गएका छन । बिहीवार मात्रै प्रभु बैक कोहलपुर शाखाले बिपन्न समुदायका लागि ७५ हजार ३५ रुपैया बारवरको खाद्यान्न सहयोग गरेको छ । बैकले ३५ बोरा चामल , ११ पेटी तेल २ बोरा नुन , ४ बोरा अरहरको दाल सहयोग गरेको बैककी कोहलपुर शाखा प्रमुख कल्पना घिमीरेले जानकारी दिईन ।

खाद्यान्न हस्तन्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले संकटका समयमा राज्यलाई सहयोग गरेको भन्दै धन्यवाद दिईन । उनले कोरनाका कारण कोहलपुर क्षेत्रका बिपन्न मानिसहरु समस्यामा पर्दै गएकाले राहात वास्तविक बिपन्नका हातमा पुर्याउने प्रतिबद्धता जनाईन ।

राहात हस्तन्तरण कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देब भारति , योजना शाखा प्रमुख अग्नी आचार्य र कार्यापालिका सदस्य दिल बहादुर परियार लगायतको सहभागिता रहेको थियो । राहात हस्तान्तरण कार्याक्रममा बोल्दै बैककी शाखा प्रमुख घिमिरेले बिपतका बेला सवैको सहयोगले बिपन्न समुदायलाई राहात हुने ठानेर सहयोग गरेको बताईन ।

यस अघि कोहलपुर नगरपालिकालाई गोरखा युनाईटेड बोर्डिङ स्कुल कोहलपुर २ ले १ लाख , राजनितिज्ञ तथा समाजसेबी खिल प्रसाद भुपालले ५१ हजार ,बसपार्क सुधार समितिले ५५ हजार ,बासोवास महिला बचत तथा ऋण सहकारी ले २५ हजार ५ सय ,क्रिसाले २१ हजार ,कोहलपुर २ का सशेन्द्र शाहीले १० हजार सहयोग रकम प्राप्त भएको कोहलपुर नगर पालिकाका योजना अधिकृत अग्नी आचार्यले जानकारी दिए ।

Nabintech