६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘पुँजीवाद ध्वस्त गर्नै पर्छ’ –म्यासाचुसेट्सका प्रोफेसर


कोभिड–१९ जस्ता भाइरसहरू प्रकृतिकै एक अङ्ग हुन् स्वीकार गर्नै पर्छ तर पुँजीवाद २०२०लाई ध्वस्त पार्नै पर्ने युनिभर्सिटी अफ म्यासाचुसेट्समा अर्थशास्त्रका प्रोफेसरले बताएका छन् ।

न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय मामिलाको न्यू स्कूल युनिभर्सिटीमा भिजिटङ प्रोफेसरको जिम्मेवारीमा समेत रहेका रिचार्ड डी उल्फले यस्तो बताएका हुन् ।

कोरोनाभाइरसले ध्वस्त पार्दै लगेका अर्थतन्त्रहरूलाई जोगाउन सरकारहरूले ब्युँताउन लागेका छन् । ध्वस्त भएको प्रणालीलाई ब्युँत्याए पनि यो फेरि अवस्था त्यही आउने छ ।

कोरोनाभाइरसको खतराले ध्वस्त अर्थतन्त्रहरूमा सरकारहरूले विशाल धनराशि खन्याइरहेका छन् ।मुद्रा प्रणालीका अधिकार प्राप्त निकायहरूले मुद्रा छाप्छन् र ठूला कम्पनीहरू र ठूला बैंकहरूलाई अति न्यूनतम दरमा बाँड्न भन्छन् । सरकारका खजानाहरू भाइरस प्रभावित अर्थतन्त्रलाई भाइरस प्रभावित अघिको अवस्थामा ल्याउन विशाल सापटी दिन खोलिएका छन् ।

पुँजीवादका अगुवाहरूले आफ्ना वैचारिक अन्धोपनका कारण असफल नीतिहरूलाई अगाडि बढाइरहेको प्रोफेसर उल्फले बताएका छन् ।

भाइरसले आक्रमण गर्न अघि सन् २०१९को वैश्विक पुँजीवाद आफैंमा सन् २०२०मा ध्वस्तको कारण बनेर आएको थियो । सन् २००० देखि २००८–९बीचका दुर्घटनाहरूले पुँजीवादलाई दिएका घाउहरू निको भएका थिएनन् ।

न्यून ब्याजदरमा चलेका वर्षहरूले विश्वका ठूला कम्पनी र सरकारहरूलाई तिनका समस्याहरूको समाधान गर्न सघाएका थिए ।तिनका समाधान करिब शून्य ब्याजदरमा असिमित ऋणबाट गरियो ।

विश्वका केन्द्रीय बैंकहरूले स्फितिको आंशकामा अर्थतन्त्रहरूमा सबै नयाँ मुद्रा खन्याए तर यो सबै मुद्रा विशेषगरी स्टक मार्केटमा खन्याइयो जसका मूल्य खतरनाकरूपले आर्थिक मूल्य तथा यथार्थबाट धेरै टाढा गएकोे थियो ।आम्दानी र सम्पत्तिका असमानताहरू ऐतिहासिकरूपमा उच्च हुन पुग्यो ।

संक्षेपमा भन्नु पर्दा पुँजीवादले अर्को दुर्घटना निम्त्याउने ठूला गलतीहरू गर्दैगयो । यो समय देखापरेको संकट सन् २००० र २००८–९को जस्तो गलतीका कारण नभएर भाइरसका कारण आएको छ ।

यस्तो समयमा निसन्देह मूलधारको विचारले कमजोरीमा नभएर संकटमा ध्यान दिनुपर्छ । मूलधारको विचारले भाइरस पूर्वको पुँजीवादको पुर्नस्थापना गर्ने उद्देश्य लिएको बताउँदै प्रोफेसर उल्फ भन्छन्–उनीहरूले यसलाई भाइरस पूर्वको अवस्थामा पुँजीवादी प्रणाली फर्काउन सकेपनि फेरि अर्को ध्वंसात्मक कारण सिर्जना हुनेछ ।”

कोरोना महामारीको अवस्थामा हेरिरहदा भाइरसहरू प्रकृतिका अंग हुन्छन् । उनीहरूले टाढा र नजिकको इतिहासमा मानवजातिलाई आक्रमण गर्ने गरेको देखिन्छ ।

सन् १९१८मा स्पेनिश फ्लुको रूपमा चिनिएको रोगले अमेरिकामा मात्रै ७ लाख मानिसको ज्यान लिएको थियो । अन्यठाउँमा करोडौ मानिसको ज्यान गएको थियो । नजिकको इतिहासमा सार्स, मर्स , इबोला जस्ता भाइरसले आक्रमण गरेको पाइन्छ ।

खतरनाक भाइरससँग लड्नका लागि समाजमा परीक्षण किट, मास्क, भेन्टिलेटर, अस्पतालको बेड, तालिम प्राप्त स्वस्थ्यकर्मी जस्ता तयारी गर्नुपर्ने हुन्छ । अमेरिकामा यस्ता वस्तुको उत्पादन मुनाफा कमाउने लक्ष्य भएका नीजी पुँजीवादी उद्यमहरूमा हुन्छन् ।

यस्ता वस्तुको भण्डारण मुनाफायोग्य उत्पादन हुँदैनन् । त्यसैले अमेरिकी सरकारले पनि यस्ता चिकित्सा सामग्रीको उत्पादन वा भण्डारण गरेन् । अमेरिकाका शीर्ष सरकारी विशेषाधिकार प्राप्त नीजी पुँजीवादको मुख्य उद्देश्य यो प्रणालीको संरक्षण तथा संवद्र्धन गर्नु हुन्छ ।

परिणाम न नीजी पुँजीवाद न त अमेरिकी सरकारले नै सार्वजनिक स्वास्थ्य तथा सुरक्षाको संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने कुनै पनि आर्थिक प्रणालीको सर्वाधिक आधारभूत कर्तव्य पालन गरेन । अमेरिकी पुँजीवादको प्रतिक्रियाले डिसेम्बर २०१९यता निरन्तर फैलिँदै गएको कोरोनाभाइरसको प्रकोप रोक्न थोरै प्रयास गर्न पनि धेरै ढिला ग¥यो । यो असफल भयो । यो नै समस्या हो ।

अर्को महत्वपूर्ण विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका पुँजीवाद नेताहरूले आजको अर्थतन्त्र ध्वस भएको विषयमा पुँजीवादको आलोचना नगरी भाइरस, चीन र विदेशीहरूलाई बहसको विषय बनाइ दिए । ट्रम्पलगायतका नेताहरूले भाइरसको जोखिम बढिरहेका बेला जनतालाई चर्च र काममा फर्किन दबाब दिए । उनीहरूका लागि सार्वजनिक स्वास्थ्य भन्दा ध्वस्त पुँजीवादलाई ब्युँत्याउनु रहेको छ ।

पुँजीवादको अर्को कमजोरी भनेको भाइरसको राम्रो व्यवस्थापन गर्न नसक्नु हो । गैर मुनाफा योग्य वस्तुको उत्पादन र भण्डारणमा पुँजीवाद सक्षम हुँदैन् । पुँजीवाद जतिखेर पनि मुनाफाको खोजी गर्छ । पुँजीवाद समग्ररूपमा अक्षम छ । यो महामारीले अब सत्य मानिसहरूको घरमा पु¥याइरहेको छ ।

सबै पुँजीवादी समाजमा मजदुरहरू बहुमतमा छन् । रोजगारदाता सदैव सानो संख्यामा हुन्छन् । पुँजीवादले अल्पसंख्यकलाई समाजमा को बाँच्छ र को मर्छ त्यसको निर्णय गर्ने स्थान, मुनाफा र शक्ति दिन्छ ।

अल्पसंख्यक रोजगारदाताले बहुसंख्यक कामदारलाई कामबाट निकाल्ने निर्णय गर्छ ।अल्पसंख्यकको निर्णयमा बहुसंख्यकको जीवन बाँच्नु पर्छ ।

तर अहिलेको अवस्थामा सबै भन्दा महत्वपूर्ण प्राथमिकता भनेको सार्वजनिक स्वास्थ्य र सुरक्षा दिनुपर्छ । अमेरिकी पुँजीवादमा आमहडताल एक सामाजिक एजेन्डा बनेको छ ।

कोरोनाको परिणामले असफल हुन पुगेको पुँजीवादबाट यो एजेन्डा नजिकैको प्राथमिकता भनेको यसको सिकाइ हो । यस्तो खतरनाक र अनावश्यक सामाजिक विभाजनलाई फेरि आउन दिनु हुँदैन् । त्यसैले प्रणालीको परिवर्तन आजको सामाजिक एजेन्डा भइरहेको छ ।

Nabintech