बसोबास महिला बचत तथा ऋण सहकारी संस्था कोहलपुरले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत लाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रण का लागि गठित नगर विपद व्यवस्थापन कोषमा २५ हजार ५ सयको सहयोग हस्तान्तरण गरेको छ ।
बुधबार कोहलपुर नगरपालिकाको सभा हलमा संस्थाकी अध्यक्ष गिता वलीले रु २५ हजार ५ सय नगदै हस्तान्तरण गर्नु भएको कोहलपुर नगरपालिकाका योजना शाखा प्रमुख अग्नि प्रसाद आचार्यले बताउनु भयो ।