६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा एक किशोरी सामुहिक बलात्कृत


लक डाउनका समयमा कोहलपुर नगरपालिका वडा नं ११ की एक किसोरी सामुहिक बलात्कृत भएकी छन । कोहलपुर नगरापालिका वडा नं ११ की १४ बर्षिय किसोरी लाई २ जना युवाले सामुहिक बलात्कार गरेका हुन ।

किसोरीलाई घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर आफ्न्तको घरमा बस्दै आएका बर्ष १९ का अंकित गिरी र कोहलपुर ११ बस्ने २० बर्षिय आकास मल्लले जबरजस्त्ी करणी गरेको भन्दै किसोरीले प्रहरीमा जाहेरी दिएकी छन । युवतिको जाहेरीको आधारमा प्रहरीले मल्ल लाई पक्राउ गरेको छ भने गिरी फरार रहेको र उनको खोजि कार्य भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आईतवार साँझको समयमा कोही नभएको मौका छोपि गिरीले काम छ भन्दै मल्लको घरमा बोलाएर गिरी र मल्लले जर्वरजस्ती करणी गरेको पिडित किसोरीले प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ । उनले सोमवार बिहान प्रहरी लाई जाहेरी दिएकी थिईन । ईलाका प्रहरी कार्यालय कोहलपुरले किसोरीको स्वाथ्य परिक्षण गरि प्रारम्भीक अनुषन्धान सुरु गरेको जानकारी दिएको छ ।

Nabintech