९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
समाजिक सञ्जालमा अपलोड भएको भिडियो प्रति वडा समन्वय समितिको ध्यानाकर्षण


कोहलपुर नगरपालिकामा राहात बितरणमा बिवाद भएको भन्दै समाजिक सञ्जालमा अपलोड भएको भिडियो प्रति कोहलपुर नगरपालिका वडा नं ११ को वडा समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

बुधवार एक प्रेस बिज्ञप्ती जारी गर्दै वडा अध्यक्ष कण बहादुर थापा लगायत वडा समन्वय समितीका सदस्यहरुले राहात बितरण निष्पक्ष ढंग बाट भएको बताएका हुन । वडा सदस्यहरु कल्पना शर्मा,छविलाल भट्टराई,बज्जु थारु, हरीकला सुनार पुष्पा कुमारी वली र नेकपाका प्रतिनीधि शालिकराम लम्साल, नेपाली काँग्रेसका प्रतिनिधी रामु लम्साल र नेपाल मजदुर किसान पार्टीका हिरा बहादुर शाहीले प्रेस बिज्ञप्ती जारी गर्दै े राहात बितरण निष्पक्ष ढंग बाट भएको बताएका हुन ।

उनिहरुले दलिय सम्यन्त्र मार्फत वडा नं ११ लाई २० वटा टोलमा बिभाजन गरि टोल समितिहरुबाट आएका ९ सय ४१ घर परिवार लाई राहात बितरणको काम भएको बताएका
छन । उनिहरुले पहिलो चरणको बितरण गरी रहेकै अवस्थामा केही गुनासाहरु आएपछि थप नामहरु संकलन भई रहेको र ति नामहरु नगर पालिकामा पठाईने बताएका छन ।

उनिहरुले घना बजार क्षेत्र , ज्याला मजदुरी गरि खानेहरुको , मुक्त कमैया लगायत बिपन्नहरुको बाक्लो बस्ती रहेकाले केही नाम छुटेको गुनासो आउनु स्वभाबिक भएपनि बिपन्नको भावना माथि खेलवाड गर्ने छुट कसै लाई नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Nabintech