५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खजुरामा स्वास्थ स्वयंसेबिका परिचालन


खजुरा / बाकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वडाका स्वास्थ स्वयंसेबिका परिचालन गर्न लागेको छ । खजुरामा रहेका १०८ जना स्वयंसेबिकालाई बिहीवारदेखी परिचालन गर्न लागिएको खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनु भयो ।

घर घरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् । सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनुभयो । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।

Nabintech