५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका ५ डाक्टर बर्खास्त भएका छन् ।
कोरोना संक्रमणको उपचार तथा रोकथाममा काम गर्नुपर्ने समयमा विगत लामो समयदेखि अस्पताल नआएका रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई बर्खास्त गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार उनीहरु विगत १ हप्ताभन्दा बढी समयदेखि विना जानकारी अस्पताल आएका थिएनन् ।
प्रदेशको सामाजिक मन्त्रालयले विपदको अवस्थामा अस्पतालमा अनुपस्थित हुने अन्य अस्पतालको पनि हाजिरी हेरिरहेको बताइएको छ । अन्य अस्पतालमा पनि यस्तो पाइएको बर्खास्त गर्ने बताइएको छ । बर्खास्तीमा परेका सबै चिकित्सक करारमा काम गरिरहेका थिए ।