कोहलपुर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण प्रकोप कोषमा गोरखा युनाइटेड पब्लिक स्कूलले एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । स्कूलमा कार्यरत सम्पुर्ण शिक्षक र कर्मचारीहरुको १ दिन बराबरको हुने रकम र बाँकी विद्यालयको तर्फबाट थपेर एक लाख रुपैयाको चेक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतलाई हस्तान्तरण गरेको हो ।
बिश्वभरि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट कोहलपुर नगरपालिका भित्रका कोहिपनि नगरबासीहरू प्रभावित नहुन भन्ने हेतुले सहयो गरेको विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले नयाँ कोर्सलाई बताए ।
नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण प्रकोप कोषमा रकम थपिने क्रम जारी रहेको नगर प्रमुख रावतले जानकारी दिए ।