९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर उद्योग वाणिज्य संघले मजदुरहरुलाई खाद्यान्न बाड्यो


कोहलपुर उद्योग वाणिज्य संघले दैनिक ज्याला मजदुरी गर्ने ५५ जना मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ ।
कोहलपुर बजार क्षेत्रका हार्डवयर पसलहरुमा ज्याला मजदुरी गर्ने मजदुरहरुलाई लकडाउनका कारण जिवन निर्वाहमा समस्या परेको भन्दै राहात स्वरुप प्रति व्यक्ति २५ किलो चामल र ५ किलो पिठो वितरण गरेको संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नयाँ कोर्सलाई बताए ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेहरुको घरमा साँझ विहानको छाक टार्न समस्या देखिएपछि कोहलपुर बजार क्षेत्रका हार्डवयर पसलहरुमा ज्याला मजदुरी गर्ने मजदुरहरुलाइ राहात स्वरुप खाद्यान्न वितरण गरिएको संघका महासचिव तेज प्रसाद अधिकारीले बताए ।
उद्योग वाणिज्य माहासंघ प्रदेश ५ का सदस्य नरेन्द्र शर्मा र संघका पूर्व अध्यक्ष चिन्तामणि धितालको रोहवरमा खाद्यान्न वितरण गरिएको थियो ।

Nabintech