९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकीद्वारा राहत सम्वन्धि कार्यविधि पारित


जानकी/ बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न जारी लकडाउनबाट प्रभावितलाई राहत वितरण गर्न राहत सम्बन्धि कार्यविधि पारित गरेको छ । आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले उक्त राहत सम्बन्धि मापदण्ड कार्यविधि पारित गरेको अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गृह मन्त्रालयले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि कार्यविधि पारित गरिएको छ । लकडाउनले प्रभावित भएका दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायलाई राहत वितरणका लागि अभिलेख सङ्कललन भईसकेकोले अव तुरुन्तै राहत वितरण गरिने उहाँको भनाई छ । बैठकमा गाउँपालिकाका अध्यक्ष यादवले कुनै आग्रह पूर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका मजदुर तथा अति विपन्न असाहयहरुका लागिी राहत वितरण गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । त्यसका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घ संस्थाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न सक्ने उहाँले बताउनु भयो । गाउँपालिकाका वास्तविक विपन्न समुदाय र मजदुरवर्गलाई विना भेदभाव एकद्वार प्रणालीबाट राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाई रहेको छ ।

Nabintech