९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एक हप्ता भित्रै नेपालगञ्जबाट कोरोना परिक्षण

उपकरण आई पुग्यो , भौतिक पुर्वाधार बनाउन समय लाग्ने



नेपालगञ्जको भेरी अस्पतालमा  कोराना पक्षिणका लागी अझै १ हप्ता लाग्ने भएको छ । भेरी अस्पतलामा ल्यावका लागि आवश्यक उपकरणहरु मंगलवार दिउँसो आई पुगेको भएपनि आवश्यक भौतिक पुर्वाधार बनाई सञ्चालन गर्न १ हप्ता लाग्ने भेरी अस्पतालका प्रमुख प्रकाश थापाले जानकारी दिए । नयाँ कोर्स संगको कुराकानिमा उनले ५ दिन भित्रै सञ्चालन गर्ने गरि तयारी थालिएको भएपनि ल्याव परिक्षणका लागि १ हप्ता लाग्न सक्ने बताए । उनले सम्पुर्ण उपकरणहरु आई सकेपनि पुर्वाधार निर्माण र उपकरण जडान गर्न समय लाग्ने बताए ।उनले तत्कालका लागि ल्यावमा आवश्यक प्राविधीक जनशक्ति पनि तयारी हालतमा रहेको नयाँ कोर्सलाई बताए ।

नेकपा बाँकेका अध्यक्ष एवं प्रदेश साँसद आईपि खरेलले बुधवार सम्म ल्यावका उपकरण जडानका लागि प्राबिधिकको टोलि नेपालगञ्ज आई पुग्ने जानकारी दिए । उपकरण जडानका लागि हाल भौतिक निर्माणको काम भाईरहेको बताउदै खरेलले एक हप्ता भित्रै सञ्चालनमा ल्याउने गरि तयारी थालिएको जाकारी दिए ।

५ नं प्रदेश सरकारको सहयोगमा नेपालगंञ्जको भेरी अस्पतालमा कोरोना परिक्षणको ल्याव बनाउन लागिएको हो ।संसद खरेलका अनुसार ल्याव सञ्चालनमा आएपनि एक पटकमा १ सय बढिको टेष्ट गर्न सकिने छ । खरेलले ल्याव स्थापना भएपछि बाँके र बर्दियाका जनताको कोरोना परिक्षणका लागि छिटो र सहज रुपमा हुने छ ।

जिल्लामा ल्याव नहुँदा हाल सम्म ५४ जनाको स्वाव टेष्टका लागि काठमाण्डौ पठाईएको छ । ३१ मध्ये सबैजनाको रिपोट नेगेटिभ आएको छ । २३ जनाको रिपोर्ट आउन बाकी छ । स्वाव पठाईएको २/३ दिनमा मात्रै काठमाण्डौबाट रिपोर्ट आउने गरेकोमा ल्याव स्थापना संगै छिटो र सहज रुपमा सेवा पाउने साँसद खरेलले बताए ।

Nabintech