६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ४ मा राहात बितरण


कोरोना महामारी पछिको लकडाउनका काराण समस्यामा परेका बिपन्न समुदायका लागि कोहलपुर नगरपालिकाका बिभिन्न वडाहरुमा राहात बितरण गरिएको छ ।
जस अन्र्तगत कोहलपुर ४ बिपन्न समुदायका १ सय ८५ जना लाई राहात बितरण गरिएको कोहलपुर ४ वडा अध्यक्ष तिरथराम थारुले जानकारी दिए । उनिहरु लाई १५ किलो चामल , २ किलो दाल , १ लिटर तेल , १ किलो नुन बितरण गरिएको हो ।
वडामा गठन गरिएको सर्वदलिय वडा समन्वय समितिको सिफारीस का आधारमा तयार पारिएको लिष्टका आधारमा राहात बितरण गरिएको नेकपाका युवा नेता नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतका अनुसार नगर भित्रको ४ हजार ३ सय लाई राहात बितरण गर्ने तयारी छ । प्रमुख रावतले दैनिक जिवन निर्वाह गर्न कठिन भएकाहरु लाई राहात बितरण गर्न लागिएको बताउदै वडा स्तरको समन्वय समितिको निर्णयका आधारमा छनोट भएका हरु लाई राहात बितरण गरिने उनले बताए ।

Nabintech