८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संघिय सांसद अथकको पहलमा स्वास्थ्य सामाग्रीहरु बाँकेमा आईपुगे


नेपाल कम्युनिस्ट पार्टी नेकपा)का केन्द्रिय सदस्य एंब बाँके क्षेत्र न १ का संघिय सांसद महेश्वर गहतराज (अथक)को पहलमा बाँकेमा अति आवश्यक स्वास्थ्य सामाग्री पठाईएको छ । स्वास्थ्य राज्य मन्त्री नबराज राउतसँगको आग्रह पछि गुणस्तरिय स्वास्थ्य सामाग्रीहरु बाँकेमा पठाएको बाके क्षेत्र न १ का संघिय सांसद अथकले नयाँ कोर्सलाई बताए ।


बिश्व समुदायलाई नै आक्रान्त बनाईरहेको कोरोना माहामरी नियन्त्रणका लागि सांसद अथकको पहलमा अति आवश्यक स्वास्थ्य सामाग्रीहरु गुना थर्मा मिटर २८ थान, माक्स ४२३ थान,पिपिए सेट ४ सय थान र ग्लोक्स एक हजार थान पठाएका छन् । उक्त सामाग्री सबै स्थानीय तह, अस्पताल र स्वास्थ्य संघ संस्थाहरुले लिन सक्ने अथकले बताए ।
बजारमा यस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेको समयमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका स्वास्थ्य सामाग्रीहरु भएको सांसद अथकले बताए । उक्त सामाग्री लिनका लागि हिल्स मेडि सप्लाएर्स नेपालगन्जमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

Nabintech