८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चरणबद्धरूपमा ‘लकडाउन’ हटाउँदै भारत सरकार


भारत सरकारले देशभरको ‘लकडाउन’लाई चरणबद्धरूपमा हटाउने योजनाबारे छलफल अगाडि बढाएको छ । कम जोखिममा रहेको प्रदेश र जिल्लामा लगाइएको ‘लकडाउन’ खोल्ने गरी चरणबद्ध योजना ल्याउन लागेको हो ।

उच्च जोखिममा रहेको प्रदेश र जिल्लालाई थप २८ दिन भन्दा बढीको ‘लकडाउन’मा रहनुपर्ने गरी नीति आयोगको चिकित्सा आयोग व्यवस्थापन योजनाले एक योजना मस्यौदा बुझाएको हो ।नीति आयोगका सदस्य विनोद पाउलको नेतृत्वमा गृहमन्त्रालयले यो समूहको गठन गरेको र सो मस्यौदा योजनाका बारेमा इकोनोमिक टाइम्सले यो समाचार छापेको हो ।

चार चरणमा ‘लकडाउन’ हटाउने गरी यो योजना तयार पारिएको हो । एक सातामा कोरोनाभाइरसका सक्रिय केसका आधारमा कम जोखिम र बढी जोखिमको क्षेत्र पहिचान गरिने र त्यसका आधारमा ‘लकडाउन’ हाउने योजना तयार पारिने छ ।

५० वा सो भन्दा बढी सक्रिय केस फेला पर्ने प्रान्तलाई चौथो चरणमा राखिनेछ ।५ वा सो भन्दा कम सक्रिय केस फेला परेको प्रदेशलाई पहिलो चरणमा समावेश गरिनेछ ।

‘लकडाउन’ अप्रिल १४सम्मको अवस्थामा प्राप्त विभिन्न किसिमको अध्ययनको आधारमा यो निर्णय गरिनेछ ।

नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कन्तले सोमबार क्याबिनेटका सचिवालयका पदाधिकारी, स्वास्थ्य मन्त्रालय, बायोटेकनलजि विभाग, वातावरण मन्त्रालय, राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूको सहभागीतामा एक बैठकको आयोजना गरेका थिए ।

पालले दिएको जानकारी अनुसार विभिन्न विषयमा छलफल भएपनि अप्रिल १४ पछि कुनै प्रस्तावलाई अंगीकार गरिने त्यसबारे तत्काल निर्णय लिएको छैन् ।

Nabintech