८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मनकारी अगुवा व्यवसायी बिष्णु खनाल

कोरोना भाईरस लगायतको रोग बिरुद्ध कोहलपुर क्षेत्रमा औषधि छर्किए



कोहलपुरका व्यावसायी बिष्णु प्रसाद खनालले लगायतको टिमले कोहलपुर नगरपालिकाको बिभिन्न क्षेत्रमा सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको छ ।
खनाल लागायतको टिमले कोहलपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा कोरोना भाईरस लागायत अन्य रोग बिरुद्ध फिनाईल सहितको सोडियम हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्केर सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको हो ।

कोहलपुर नगरपालिका संग समन्वय गरि खनालले बिगत ५ दिन देखि नै सेनिटाईज गर्ने अभियान सुरु गरेका थिए । बिगतमा सानो हाते मेसिन ले औषधि छर्केकोमा हाल गाडि मार्फत ठुलो मेसिनले छर्कन थालेको खनालले जानकारी दिए । खनालको अभियानमा कोहलपुरका आधा दर्जन व्यावसायिले साथ दिएका छन । खनालको टिमले चप्परगौडी बजार क्षेत्र , कोहलपुर ११ को गन्दर्भ बस्ती , लोक नगर कमैया बस्ती , ईलाका प्रहरी कार्यालय कोहलपुर क्षेत्र र  कोहलपुरको साझा चोक क्षेत्रमा औषधि छर्कि सकेका छन । सोमवार उनले मुख्य बजार क्षेत्रको रेलिङको दाया वाया साईडमा छर्केको नयाँ कोर्स लाई जानकारी दिए ।


उन लाई धौलागिरी हाड वयरका यमनाथ पौडेल , राजनितिज्ञ एंव समाज सेवी शेषकान्त्त शर्मा , कोहलपुर ११ को दुर्गा मोटर पार्टका सञ्चालक जगन्नाथ खतिवडा , घरेलु महासघ कोहलपुरका महासचिव सि एम उपाध्याय , श्रृष्टी मोटर पार्टसका सञ्चालक बिकास बुढाथोकी लगायतले साथ दिएका छन ।
कोहालपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव समेत रहेका अगुवा व्यावसायी खनालले कोहलपुरको मुख्य बजार क्षेत्रमा औषधी छर्कने बताए । उनले माहामारिका समयमा राज्य लाई निजि क्षेत्रले पनि सघाउनु पर्ने भएकाले आफुले यस्तो अभियान सुरु गरेको बताए ।

यस बिच व्यावसायी खनालले कोहलपुरका सञ्चारकर्मीहरुका लागि मेडिकल माक्स , पन्जा , बितरण गरेका छन । सोमवार एक कार्यक्रमका बिच खनाल लगायतको टिमले कोहलपुरका १ दर्जज बढि पत्रकार लाई माक्स र पन्जा बितरण गरेका छन ।
लक डाउनका बेला आम जनता लाई सुसुचित गर्ने सञ्चारकर्मिहरु पनि कोरोनाको उच्च जोखिममा रहेकाले माक्स लगायतको सुरक्षा सामाग्रि बितरण गरिएको उनको भनाई रहेको
छ ।

Nabintech