५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राहात बितरणमा जुटे कोहलपुरका वडा कार्यालयहरु

कोहलपुरमा ४ हजार ३ सयलाई राहात बितरण गरिदै



कोरोना माहामारी पछिको लकडाउनका काराण समस्यामा परेका बिपन्न समुदायका लागि राहात बितरण गरिएको छ ।

बिपन्न समुदायका १ सय ३७ जना लाई राहात बितरण गरिएको कोहलपुर वडा नं ६ का अध्यक्ष रामशरन थारुले जानकारी दिए । उनिहरु लाई १५ किलो चामल , २ किलो दाल , १ लिटर तेल , १ किलो नुन बितरण गरिएको थारुले बताए । वडामा गठन गरिएको सर्वदलिय वडा समन्वय समितिको सिफारीसका आधारमा तयार पारिएको रेकर्डका आधारमा राहात बितरण गरिएको वडा सचिव दामोदर शर्माले जानकारी दिए ।


यस्तै कोहलपुर नगरपालिकाका वडा नं ५ मा पनि राहात बितरण गरिएको छ । वडाका २ सय २७ जनालाई राहात बितरण गरिको वडा अध्यक्ष बिष्णु प्रसाद तिवारीले जानकारी
दिए ।  यस्तै कोहपुर नगरपालिका वडा नं २ मा पनि राहात बितरण गरिएको छ । कोहलपुर नगरपालिका वडा नं २ मा पनि कोहलपुर नगरपालिकाले तय गरेको मापदण्ड अनुसारको राहात बितरण गरिएको छ । वडा अध्यक्ष कर्ण सिंह बिसीले ३ सय ५० परिवारलाई राहत बितरण गरेको जानकारी दिए ।

कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले नगर भित्रको ४ हजार ३ सयलाई राहात बितरण गरेको नयाँ कोर्स लाई जानकारी दिए । प्रमुख रावतले दैनिक जिवन निर्वाह गर्न कठिन भएकाहरुलाई राहात बितरण गर्न लागिएको बताउदै वडा स्तरको समन्वय समितिको निर्णयका आधारमा छनोट भएकाहरुलाई राहात बितरण गरिने उनले बताए । उनले लक डाउनको पुर्ण पालना गर्न नगरवासी लाई आग्रह गरे ।

Nabintech