९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुख्यमन्त्री पोखरेल भैरहवाको प्रदेश प्रयोगशालाको निरीक्षणमा


 

मुख्यमन्त्री शंकर पोखरेलले आज भैरहवास्थित राष्टिय गहुँ बाली कार्यक्रम परिसरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिनुभयो ।
सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्रकुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा जानकारी गराउनुभयो ।
माननीय मुख्यमन्त्री ज्यूले प्रयोगशालालाई छिटो सञ्चालन गरी कोरोना भाइरसको परीक्षण गर्न निर्देशन दिनुभयो । साथै उहाले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटि पिसिआर मेशिन तत्काल खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । आरटिपिसिआर मेशिनको परिक्षण गर्न सक्ने क्षमता बढी हुन्छ । अहिले प्रयोगशालामा पिसिआर मेशिन छ, यही मेशिनबाट कोरोना भाइरसको जाँच हुन्छ ।

Nabintech