लकडाउनका कारण बाँकेमा अलपत्र परेकाहरुलाई राष्ट्रिय युवा संघ नेपाल बाँकेले राहत उपलब्ध गराएको छ ।अलपत्र परेका १५ जनालाई कर्णालीवासीलाई राष्ट्रिय युवा संघ नेपाल बाँकेले राहत उपलब्ध गराएको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उपचारका क्रममा बाँके आई बिभिन्न स्थानमा आश्रय लिईरहेका १५ जनालाई तत्कालकालागि आवश्यक सामग्री उपलब्ध गराइएको राष्ट्रिय युवा संघ नेपाल बाँकेका सहसंयोजक आकाश कार्कीले जानकारी दिए ।
लकडाउनका कारण घर फर्कन सक्ने अवस्था नभएपछि दैनिक जिवनयापनमा सहयोग पुर्याउने उद्धेश्यले चामल, दाल, तेल र नुन प्रदान गरीएको कार्कीले बताए । साथै उनिहरुलाई सम्बन्धित जिल्ला फर्काउकालागि आवस्यक पहल समेत भईरहेको कार्कीले जानकारी दिए ।