जिल्ला समन्वय समिति बाँकेले राहत वितरण गर्दा राजनीति आस्थाका आधारमा विभेद हुने गरी वितरण नगर्न स्थानीय पालिकाहरुलाई सचेत गराएको छ । यसका साथै राहत वितरण गर्दा गुणस्तरहिन खाद्य पदार्थ नबाँड्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा स्थानीय पालिकालाई अनुरोध गरेका
छन् ।
संयोजक श्रीवास्तवले विज्ञप्तीमा दैनिक ज्यालादारी मजदुरी गर्नेलाई सहयोग गर्नु सहयोगी मनकारी व्यक्ति र स्थानीयलाई सो अनुरोध गरेका हुन । कोरोना भाईरसका कारण फैलिएको महामारीका क्रममा गुणस्तरीय खाद्यसामग्रीले झनै जटिल समस्या निम्त्याउन सक्ने भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् ।
कोहलपुर नगरपालिका वडा नं १४ को राहत वितरणमा विभेद भएपछि नयाँ कोर्सले समाचार वाहिर ल्याएको थियो । राहत वितरणमा वडा अध्यक्ष टेकचन हरिजनले अनियमितता गरे पछि वडाका स्थानीयहरुले वडा कार्यालय घेराउ गरेका थिए । वडा अध्यक्ष हरिजनले वडा कार्यालयमा उपस्थित वडा वासी सामु राहात बितरणमा कमजोरी भएको भन्दै माफि मागेका थिए ।