५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
के.एल दुगड ग्रुपले दिएको राहात सामाग्री बिवादमा

बिवाद पछि सर्वदलिय सम्यन्त्रबाट राहात बितरण गर्ने सहमति



कोहलपुर नगरपालिका वडा नं १४ मा सर्वदलिय सम्यन्त्र निर्माण गरेर राहात बितरण गर्ने सहमति भएको छ । के.एल दुगड ग्रुपले दिएको राहात समाग्री बितरणमा कमजोरी भएको भन्दै वडा अध्यक्ष टेकचन हरिजनले माफि मागेपछि आगामि दिनमा सर्वदलिय र सर्वपक्षिय सम्यन्त्र निर्माण गरेर वास्तबीक विपन्नलाई राहात बितरण गर्ने सहमती भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कोहलपुर १४ का ईन्चार्ज नर बहादुर केसी (नरेश)ले जानकारी दिए ।

वडा अध्यक्ष हरिजनले जनता वडा कार्यालयमा उपस्थित वडा वासी सामु राहात बितरणमा कमजोरी भएको भन्दै माफि मागेका थिए । वडा कार्यालयमा भएको छलफलमा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारु , वडा अध्यक्ष हरिजन, वडा सदस्यहरु र विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको सहभागिता रहको थियो । २५ गते सर्वदलिय छलफल गरेपछि मात्रै राहात बितरण गरिने वडा सदस्य शान्ती सुनारले जानकारी दिईन ।

के.एल दुगड ग्रुपले कोहलपुर नगरपाकिाको वडा नं १४ मा १ सय ५०,वडा नं ७ मा १ सय ५० बोरा र वडा नं १५ मा १ सय बोरा राहात समाग्रि दिएको थियो ।
दुगडले नगरपालिकालाई दिनुपर्ने राहात वडाहरुलाई दिएपछि थप समस्या पैदा भएको एक स्थानियले जानकारी दिए ।

Nabintech