६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
तक्षशिला एकेडमी विद्यालयले राहात सामाग्री वितरण गर्यो


कोहलपुर नगरपालिका वडा नं. १० बिद्यानगर स्थित तक्षशिला एकेडमी विद्यालयले आइतबार गरिब तथा मजदुरहरुका लागि राहात सामाग्री वितरण गरेको  छ। आइतबार विहान १० नं वडाध्यक्ष निम बहादुर चलाउने(निरज)लाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

कोरानो भाइसरको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएको र त्यसको असर सबैतिर देखिन थालेकाले गरिब तथा विपन्न वर्गका घरपरिवारहरुलाई साँझ विहान जोहो गर्न निकै अप्ठ्यारो पर्न सक्ने भन्दै खाद्य सामाग्री हस्तान्तरण गरिएको विद्यालयका संस्थापक कमल पछाइले बताए ।

बाँके भारतसँग खुल्ला नाका भएकाले त्यहाँबाट आउने जो कोहि बाट पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना देखिएको छ । अहिले सबैतरि लकडाउनेले गर्दा व्यापार, व्यवसाय ठप्प भएको छ । त्यसबाट यस वडामा रहेका गरिब तथा मजदुरी खाने घरपरिवारहरु प्रत्यक्ष मारमा पर्ने भएकाले खाद्यान्न सामाग्री हस्तारण गर्ने सोच बनाएका हौं पछाइले भने ।’ करिब ३० हजार बराबरको खाद्य सामाग्रीका लागि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले आफुले पाउने तलब बाट सहयोग गरेका हुन् ।

Nabintech