८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा अध्यक्ष हरिजनले माफी मागे

आक्रोसित स्थानीयले वडा कार्यालय घेराउ गरे



कोरोना भाईरसको महामारीका बेला बिपन्नलाइ आएको राहात बितरणमा रजाई गर्ने कोहलपुर १४ का वडा अध्यक्ष टेकचन हरिजनले सर्वजनिक रुपमा माफी मागेका छन ।
वडा नं १४ का बिपन्नलाई बितरण गर्न दुगड ग्रुपले १ सय ५० बोरी खाद्यन्न सहयोग गरेको थियो । शुक्रवार बितरण गरेर बाँकी बचेको ४८ बोरा राहात सामाग्री वडा अध्यक्ष टेकचन हरिजन र वडा सदस्य रुक्मीणा शर्माले घर लग्नु कमजोरी भएको भन्दै माफी मागेका हुन । ४८ बोरा राहात सामग्री मध्ये ३२ बोरा वडा अध्यक्ष हरिजनले र वडा सदस्य शर्माले १६ बोरा घर लगेकी थिईन ।

अध्यक्ष हरिजनले आफ्नो टोल छिमेकमा बितरण गर्न सहज होस भनेर आफुहरुले घर लगेको दाबि समेत गरेका छन । उनले आफुहरुले राम माबिको भवनमा राखिएको राहत सामाग्रि शुक्रवार राति घर लगेको स्विकार गरेका थिए । उनले आफुले लगेको ३२ बोरा राहात समाग्रि शानिवार बिहानै बितरण गरि सकेको दाबि समेत गरे । वडा सदस्य शर्माको घरमा रहेको १६ बोरा शनिवार बिहान वडावासीले वडा कार्यालयमा ल्याएका थिए । आईतवार थप छलफल पछि बितरण गर्ने सहमति भएको भएपनि सो बोराहरु वडा कार्यालयमा नपाईएको स्थानिय वासुदेव शर्माले जानकारी दिए ।

अध्यक्ष हरिजनले शनिवार राति ९ बजे १६ वोरा राहात सामाग्री बितरण गरेको दावी गरे । स्थानियका अनुसार राहात बितरणमा वडा अध्यक्षका भान्जा बर्मा हरिजन हर्ताकर्ता बनेका थिए । बर्माले नै मनोमानि तरीकाले शुक्रवार राहात बितरण गरेका थिए । वडा कार्यालयमा राहत कसले लग्यो भन्ने लिष्ट समेत छैनन । निजि क्षेत्रबाट आएको राहत भएपनि वडा कार्यालयले बिना भरपाई राहात बितरण गरेको स्थानियको भनाई छ ।

१६ बोरा राहात समाग्रि कसरी बितरण गर्ने भनेर जम्मा भएका स्थानियलाई वडा अध्यक्षले शनिवार रातिनै राहात बितरण गरि सकेको बताएपछि वडा कार्यालयमा तनाव उत्पन्न भएको थियो । राहात बितरणमा अनियमितता बारे अनुगमन गर्न पुगेकी कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुलाई स्थानिय वासन्दिाले वडा कार्यलयमा घेराउ गरेका
थिए । स्थानियले उप–प्रमुख थारु र वडा अध्यक्ष टेकचन हरिजन लगायतलाई वडा कार्यलय भित्र राखेर बाहिर नारावाजी गरेका छन । वडा अध्यक्ष हरिजनले गल्ती भएको भन्दै माफि मागि सकेको र आगामी दिनमा यस्ता गल्ती नदोहर्याउने प्रतिबद्धता जनाएकाले वडा कार्यालयमा हाल सर्वपक्षिय छलफल भई रहेको वडा सदस्य शान्ति सुनारले जानकारी
दिईन ।

वडा अध्यक्ष हरिजनले १ सय ५० बोरा राहात बितरण गरेको भनिए पनि नयाँ कोर्सलाई उनले दिएको लिष्टमा १ सय ३२ जनाको नाम छ । १ सय ३२ मध्ये नयाँ कोर्सको सम्पर्कमा आएका २ दर्जनले लिष्टमा आफ्नो नाम रहे पनि आफुले राहात नपाएको जानकारी दिए । वडा अध्यक्ष हरिजनले वडा कार्यालयको निर्णय र भरपाई बिनानै राहात सामाग्री बितरण गरेको कारण यस्तो समस्या पैदा भएको वडा सदस्य मन बहादुर गुरुङले नयाँ कोर्सलाई जानकारी दिए ।

Nabintech