९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विपन्न परिवारलाई राहत वितरण


कोहलपुर/बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक स्थित मदनचोक बजार व्यवस्थापन समितिले शनिबार देखी कोहलपुर वडा नम्बर ३ र ४ का करिब १ सय विपन्न घरपरिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्न सुरु गरेको छ । लकडाउनको समयमा विपन्न तथा मजदुरी गरेर खाने वर्गका घरधुरीलाई राहत वितरण गरिएको मदनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले बताए ।

वडा नं ३ र ४ भित्र रहेका विभिन्न टोलका करिब १ सय घरधुरीमा रहेका बिपन्न परिवारलाई राहत स्वरुप प्रति घरधुरी २५ किलो चामल, २ किलो दाल १ लिटर तेल, र एक पिस साबुन वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका एवम विपन्न परिवारहरुको अति आवश्यक खाद्यान सामाग्री सहयोग गरिएको र करिब १ सय ५० घर परिवारलाई राहत वितरण गर्ने तयारी रहेको मदनचोक बजार व्यवस्थापन समितिका सचिव केशव खनालले बताए । राहत वितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ३ का वडा सदस्य झग्गु गिरी बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीता रहेको छ ।

Nabintech