८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राहातमा जन प्रतिनिधीको रजाई


कोरोना भाईरसको महामारीका बेला बिपन्न लाई बितरण गर्न सहयोग आएको राहात बितरणमा जन प्रतिनिधीहरुले रजाई गरेका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानि गरेका हुन् ।

वडा नं १४ का बिपन्न लाई बितरण गर्न दुगड ग्रुपले १ सय ५० बोरी खाद्यन्न सहयोग गरेको थियो । दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रवार दिउसो १ सय २ बोरा कोहलपुर १४ का वडा अध्यक्ष टेक चन हरिजनले बितरण गरेका थिए । शुक्रवार बितरण गरेर बाँकी बचेका ४८ बोरा बचेको राहात समाग्री वडा अध्यक्ष  हरिजन , वडा सदस्य रुक्मीणा शर्माले लगेका हुन ।

वडासदस्य रुक्मीणा शर्माले भनिन् ४८ बोरा राहात सामग्री मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको बताईन् । अध्यक्ष हरिजनले आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि आफुहरुले राम माबिको भवनमा राखिएको राहत सामाग्रि शुक्रवार राति घर लगेको स्विकार गरे । उनले आफुले लगेको ३२ बोरा राहात समाग्रि शानिवार बिहानै बितरण गरि सकेको दाबि समेत गरे । तर उनलाई कसलाई बितरण गनुभयो भन्ने प्रश्न गर्दा भने राहात लिनेहरुको नाम बताउन सकेनन् न लिष्ट नै दिन सके ।
लिष्ट भने वडा कार्यालयमा छ भन्दै पन्छिए । तर शनिवार बिहानै बितरण गरेको लिष्ट वडा कार्यालय बन्द रहेको समयमा कसरी वडा कार्यालय पुग्यो भन्ने कुराको जवाफ भने उनले दिन सकेनन् ।

अर्का वडा सदस्य मन प्रसाद गुरुङले बितरण गरेर बाँकी बचेका ४८ बोरा बिद्यालय मै राख्ने र शनिवार बितरण गर्ने सल्लाह बमोजिम आफु शुक्रवार साँझ बिद्यालयबाट घर गएको बताए । अध्यक्ष र सदस्यहरुले राहात समाग्रि घर लानु गलत भएको भन्दै सो बारे आज शनिवार बिहान मात्रै आफुले जानकारी पाएको नयाँ कोर्स लाई बताए ।
उनले संकटका बेला कसैलाई काखा पाखा नगरी बितरण गनु पर्नेमा जनप्रतिनिधीले घरमा लैजानु अत्यन्तै गलत भएको अर्का वडा सदस्य शान्ति सुनारको भनाई छ । उनले नगरपालिकाले दिने ३ सय ८३ थान राहात समाग्रि पनि आउन बाँकी रहेको समयमा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको बताईन । स्थानियका अनुसार राहात बितरणमा वडा अध्यक्षका भान्जा बर्मा हरिजन हर्ताकर्ता बनेका थिए । बर्माले नै मनोमानि तरीकाले शुक्रवार राहात बितरण गरिएको थियो । राहत कसले लग्यो भन्ने लिष्ट समेत राखेका छैनन । निजि क्षेत्रबाट आएको राहत भएपनि वडा कार्यालयले बिना भरपाई राहात बितरण गरेको स्थानियको भनाई छ ।

राहात समाग्रि अध्यक्ष र सदस्यहरुले घरमा लगेको बिषयमा बिरोध जनाउदै वडा वासीले वडा सदस्य रुक्मीणा शर्माको घर घेराउ गरेका थिए । घर घेराउ पछि स्थानियले शर्माको घरमा रहेको १६ बोरा राहात सामाग्रि बाहिर निकाली वडा कार्यालय लगिएको स्थानिय भगवती अधिकारीले जानकारी दिईन । ठुलो मात्रामा राहात सामाग्रि बितरण गरिएको भएपनि कोहलपुर १४ का चिडिमारहरुले समेत राहात नपाएको गुनासो गरे । स्थानिय गया चिडिमार ले राहात बितरण स्थलमा आफु ३ पटक गएको भएपनि राहात नपाएको गुनोसो गरे । राहत लिन जादा वडा अध्यक्षले भोट आफुलाई नदिएकाले राहात नदिने भन्दै खालि हात पठाएका थिए ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले एक द्धार प्रणालि बाट राहात सहयोग लिने र बितरण गर्ने निति बनाएको जानकारी दिदै नगर पालिका लाई जानकारी बिना राहात बितरण गरिनु गलन भएको बताए । वडा तह र कसै लाई काखा पाखा नहोस भनेर सर्वदलिय सहमति समेत लिएर राहात बितरण गनु पर्नेमा १४ नं वडामा त्यसो नभएको पाईएको नगर प्रमुख रावतको भनाई छ । प्रमुख रावतले कोहलपुर नगर क्षेत्र भित्रका बिपन्न हरुको पहिचान भईसकेकाले शनिवार देखिनै राहत बितरण गर्न लागेको बताए । उनले कोहलपुर नगर पालिका १५ ओटै वडाका ४३ सय मानिस लाई राहात बितरण गर्न लागिएको जानकारी दिए ।

Nabintech