९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नुन नपाएको गुनासो


 

कोहलपुरका व्यवसायीहरुले साल्ट ट्रेडिङ कर्पोरेसनले आफुहरुलाई नुन नदिएको गुनासो गरेका छन ।

अमृत तेल मिलका प्रोपराईटर समेत रहेका कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले शुक्रवार नुन लिनका लागि ट्रक पठाएको भएपनि नुन नपाएको गुनासो गरेका छन । उनले कोहलपुर क्षेत्रमा नुनको स्टक नरहेको भन्दै आफुले १ सय बोरा नुन अडर गरेपनि शुक्रवार ट्रक खालि फिर्ता गर्नु परेको गुनासो गरे ।

उनले नेपालगंञ्ज बाहिरबाट ट्रक पठाउँदा ५० बोरा नुन ल्याउदा आफुहरुलाई नोक्सान हुने भएकाले नेपालगञ्ज बाहिरका व्यवसायीलाई १ पटकमा कम्तीमा १ सय बोरा नुन दिन माग गरे । नेपाल सरकारको स्वामित्व रहेको सस्थानले संकटका बेला आवस्यक तयारी बेलैमा गनुपर्ने अधिकारीको भनाई थियो ।

साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालयका प्रमुख मनोज चौधरीले नुनको पोका तयार गर्ने कर्मचारीहरु काममा नआएका कारण डिलरहरुले माग जनि नुन दिन नसकिएको स्विकार गरे । उनले नेपालगंज क्षेत्रका व्यवसायीलाई एक पटकका २५ बोरा  बाहिरका व्यवसायिलाई ५० बोरा सम्म नुन दिने गरेको नयाँ कोर्सलाई जानकारी दिए । उनले यस क्षेत्रका लागि १ बर्ष सम्म पुग्ने नुन स्टक रहेको भएपनि प्याकेट बनाउने कर्मचारीका कारण समस्या परेको बताए ।

Nabintech