कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा क्रिसाले सहयोग गरेको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा २१ हजार सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकामा शुक्रबार २१ हजार रकम सहयोग गरिएको क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले जानकारी दिएका छन् । साथै उनले क्रिसाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरस नियन्त्रण गर्नका लागि सहयोग गरिएको बताएका छन् । कोहलपुर नगरपालिकाले कोरोना सम्बन्धी गर्न कार्यका लागि केहि सहयोग पुग्ने सोचका साथ सहयोग गरिएको क्रिसाका सचिव नवकिरण शाहले जानकारी दिएका छन् ।