८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरानाको कहर: पंक्षिजन्य व्यवसाय संकटमा

किसानहरु पलायन हुदै , अरवौको लागानी डुव्दै



कोरोना को संक्रमण बढेसंगै देश पुर्णरुपमा लडाउन को अवस्था मा रहेको छ यसको मार आम जनमानसमा परेको छनै त्यसमा सबै भन्दा ठुलो मारमा कृषकहरु परेका छन ।
लक डाउनमा कृर्षि जन्य व्यावसाय लाई अत्यावस्यक बस्नु अन्र्तगत राखि दाना चल्ला ढुवानि र तयारी बस्तु वजार सम्म पुर्याउन कुनै अवरोध नहुने भने पनि त्यो पुर्ण कार्यान्यव हुन नसक्दा समस्या पैदा भएको किसानहरुले बताएका छन । लक डाउनका कारण किसान लाई मुख्य रुपमा ढुवानिमा समस्या पैदा भएको उनिहरुको भनाई
छ ।

वैजनाथ गाउँपालिका वडानम्बर २ पहाडीपुर बाँकेका कृषक दिपक गुरूङ ले ५ हजार लेयर्स चल्ला पालेका थिए । लक्ष्यदिप पशुपालन फर्म दर्ता गरी कुखुरा पालेका दिपकको लकडाउन सुरु भए संगै चिन्ता थपिएको छ । उनले पालेका लेयर्स कुखुरा जस्ले अन्डा दिन्छ ति कुखुरा केही दिन यता दाना नपायर धमाधम मरी रहेका छन ।
लक डाउनका कारण बजारमा दानाको अभाव भए संगै उनले कुखुरा लाई दाना खुवाउन सकेका छैनन् । कुखुरा को दाना सप्लार्यले दाना नदिदा उनको कुखुरा दाना खान नपाएर मरि रहेका छन । दैनिक १० बोरा दाना चाहिने ठाउमा जम्मा एक बोरा दाना खुवाई रहेको उनको भनाई छ ।

राज्य लाई कृर्षि क्षेत्रमा अत्मनिर्भर बनाउन भन्दै दिपकले २ करोड लगानीमा यो पेशा अंगालेको भएपनि हाल उनि संकटमा परेका छन । दिपकले अव आफ्नो व्याववसाय कसरी अगाडी बढाउने चिन्ता छ । कुखुरा मरे पनि राज्यका निकाय ले राहात या क्षतिपुर्ति दिने हुन या होईनन भन्ने चिन्ताले दिपक लाई सताएको छ । उनले भने अव व्यावसाय कसरी अगाडि बढाउने र बैकको किस्ता कसरी तिरौ रुदै भने ।  दिपक नरोउन पनि कसरी उनका ५ हजार कुखुरामा ३५ सय कुखुरा भोकले मरी सकेका थिए । पहिले दैनिक ९ पेटी सम्म अन्डा दिने कुखुराहरु त्यसरी मर्न थाले पछि रुनुको बिकल्प उनिसंग छैन । दिपकले कुखुराको बिमा समेत नगरेका कारण थप समस्या परेको बताए । काठमाण्डौंमा घर बनाएर ब्यबसाय गर्दै आएका दिपकले काठमाण्डांैको घर बन्धकमा राखेर आफ्नै गाउँमा केहि गर्ने सोचका साथ बाँके मा आएर कुखुरा फर्ममा लगानि गरेका थिए । लगानि गरेको एक बर्ष बित्न नपाउदै उनको अहिले हरि बिजोक अबस्थामा पुगेको छ । दिपकले नत राज्यबाट केही पाउछु भन्ने आसा नै गरेका छन ।

कुखुरा पालक संघ बाँकेका अध्यक्ष लाल ब खत्रि बाँकेमा कुखरा पालक किसानहरु पलायनको अवस्थामा रहेको बताए । उनले बिगतमा जिल्लामा ६ सय कुखुरा पालक किसान रहेकोमा हाल पलाएन भएर २ सय को हाराहारीमा मात्रै व्यावासायमा रहेको  बताए । उनले बिभिन्न कारणले संकट ग्रस्त रहेको कुखुरा पालन लक डाउनले पुर्ण रुपमा संकट ग्रस्त अवस्थामा पुगेको उनको भनाई रहेको छ । उनले कुखुरा व्यावासायमा भएको अरबौको लगानि डुब्ने अवस्थामा रहेको गुनासो गरे ।

कुखुरा बिकास फर्म खजुरा बाँकेका प्रमुख शंकर न्यौपाने कुखुरा जन्य उद्योग पुर्ण रुपमा बन्द हुने अवस्थामा रहेको बताए । दाना , औषधी उपलव्ध हुन तथा ढुवानिमा समस्या रहेको बताए । उनले उत्पादित कुखुरा बजार सम्म पुर्याउन समस्या रहेको बताए । उनले संकट ग्रस्त अवस्थामा रहेको कुखुरा उद्योगलाई निरन्तरता दिन आफुहरुले तत्कालीन र दिर्धकालिन उपायहरु सुझाएको जानकारी दिन । उनले तत्काल तयारी हालतमा रहेका कुखुरा तथा अण्डा बिक्रिका लागि सहजीकरण गरिदिने देखी आगामि दिनमा राहात दिन सिफारीस गरिएको बताए ।

Nabintech