८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाले कोरोना भाईरसको संभावित खतरा र जोखिम नियन्त्रणका लागि गरेको कार्यप्रगति विवरण


कोहलपुर नगरपालिकाले कोरोना भाईरस (कोभिड १९) को संभावित खतरा र जोखिम नियन्त्रणका लागि गरेको कामहरुको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले हाल सम्म गरेका कामहरु पत्रकार माँझ नगर प्रमुख लूट बहादुर रावत र प्रमुख प्रशकसकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक गरेका हुन् ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न कुनै कसर बाँकी नराखेको नगर प्रमुख रावतले बताए । नगरपालिकाले हाल सम्म कोरोना भाईरस संक्रमणको जोखिम र जनस्वास्थ्य सम्बन्धी गरेका सम्पूर्ण कार्यहरुको विवरण तल उल्लेखित गरिएको छ ।

१. २०७६/११/२४ गते नगर प्रमुख ज्यू को संयोजकत्वमा मा नगरपालिका पालिका स्तरीय समन्वय समिति गठन भएको र पटक पटक बैठक बसी समन्वय गरी कार्यहरु अगाडि बढिरहेको अवस्था छ ।

२. नगरपालिका बाट ६००० गोटा मास्क १०० थान स्थानीय रुपमा उत्पादित  Surgical Gloves २००० जोडा,Examination Gloves २००० गोटा,Hand Sanitizer ५० गोटा,E2 PPE ५ थान, Methyleted Spirit  ५० बोटल, Detto साबुन र बाल्टी बाटा खरिद गरि सबै स्वास्थ्य संस्था मा वितरण गरिएको ।

३. कोहलपुर स्वास्थ्य शाखा बाट सबै स्वास्थ्य संस्थामा पुगी Corona Handbook  सहित Orientation  गरिएको ।

४. नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई उपचार कार्यमा सहयोग पुर्याउने हेतुले Re-usable PPE ५ सेट, स्थानीय रुपमा उत्पादित एएभ् २० थान र  PPE ५० जोडा हस्तान्तरण गरिएको साथै इलाका प्रहरी कार्यालय लाई बिबिध सहयोग गरिएको ।

५.  कोरोना संक्रमण को जोखिम लाई न्यूनीकरण गर्न का लागि कोहलपुर का सबै वार्ड बाट बिदेश बाट आएका ब्यक्ति हरु को विवरण संकलन गर्ने कार्य भइरहेको र विदेशबाट नेपाल आएका र घरपरिवारमा घुलमिल भै नसकेका व्यक्तिहरुको निगरानीका लागि कोहलपुर नपा–९ पिपिरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा संचालनमा ल्याइएको क्वारेन्टाइममा राख्ने व्यवस्था गरिएको छ ।

६. नगरपालिका का १५ वार्ड मा समन्वय समिति गठन गरि जनचेतना मुलक कार्य गरिएको छ ।

७. बिभिन्न संचार माध्यमहरुलाई यस सम्बन्धि सूचना प्रशारण प्रकाशन गर्ने कार्य गरिएको छ।

८. नियमित हेल्थ डेस्क संचालन गरि प्रतिबेदन गर्ने कार्य गरिएको छ ।

९. कोहलपुर बस पार्क मा हेल्थडेस्क स्थापना कार्यको तयारी गरिएको छ ।

१०. साथै नगरपालिकाका सबै स्वास्थ्य चौकीहरु कोहलपुर, रझेना र शम्शेरगञ्जमा फिभर क्लिनिक सञ्चालन गरिएको छ ।

११. कोरोना ९कोभिट १९० संक्रमणको सम्भावित खतरारजोखिम अत्यधिक वढ्दै गएको सन्दर्भमा मिति २०७६/११/२२ मा कार्यपालिकाबाट गठित समितिलाई यसको प्रभावरसंक्रमणलाई रोक्न र यस सम्वन्धी सम्पुर्ण निर्णय लिन तथा जुनसुकै शीर्षकको रकमबाट रोकथाम र व्यवस्थापन सम्वन्धी कार्यमा खर्चको दायित्व सिर्जना हुने निर्णय लिन अधिकार प्रत्यायोजन गर्ने निर्णय ।

१२. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७६/१२/०६ च.नं.३८८ को पत्रबाट लेखि आए बमोजिम सम्वन्धित तोकिएका पदाधिकारी रहने गरी वडा स्तरीय स्वयसेवक टोली सबै वडामा गठन ।

१३. कोरोना भाइरस ९कोभिड (१९० संक्रमणको संभावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धारा घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारीर मजदुरी गरी जीविकोपार्जन गर्ने विपन्न नागरिकहरुलाई सहयोग गर्न विवरण सवै वडा कार्यालयहरुबाट वडागत रुपमा प्राप्त भएकोले उक्त विवरणको आधारमा १५ वटै वडा कार्यालयहरुलाई प्रति घरपरिवार कम्तिमा १५ के.जी.चामल,३ के.जी. दाल,१ लिटर खाने तेल र १ पोका नून समेत गरी हुन आउने न्युनतम  एक हजार एकसयका दरले राहत रकम उपलव्ध गराउने निर्णय ।
१४० कोरोना भाइरस संक्रमण्म रोक्ने अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको मनोबल उच्च बनाउन आवश्यक सुविधा उपलब्ध गराउने निर्णय ।

Nabintech