९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सञ्चारकर्मीहरुलाई सेनेटाईजर र माक्स वितरण


कोरोना संक्रमणको जोखिम अन्त्यका लागि सरकारले लकडाउनको घोषणा गरेको १० औं दिनमा उद्योग वाणिज्य संघ कोहलपुरले सञ्चारकर्मीहरुलाई सेनेटाईजर र माक्स वितरण गरेको छ ।

कोहलपुर क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरुलाई संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले  सेनेटाईजर र माक्स वितरण गरेका हुन् ।
लड डाउनको समाचार संकलनमा खटिने सञ्चारकर्मी पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै सेनेटाईजर र माक्स वितरण गरिएको संघका महासचिव अधिकारीले बताए ।
आफ्नो सुरक्षा संवेदनालाई परवाह नगरेर जनतालाई कोरोना संक्रमणहुन बाट रोक्न घरमै बसिरहेका नागरिकलाई सूचना प्रवाह गरिरहेका सञ्चारकर्मी पत्रकारहरुको कदमलाई उच्च मूल्यांकन गरिएको संले जनाएको छ ।

Nabintech