९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रपतिप्रति गरिएका सस्ता टिप्पणी : होचो कद र कुण्ठाको उपज


टिप्पणीको शुरुवात एउटा कथाबाट गरौ, गाउँको कुनै एउटा किसानको ५ जनाको परिवार थियो, श्रीमान् श्रीमती र उनीहरुको २ छोरा र १ छोरी । अरुले उनलाई महत्व नदिएपनि आफुले आफैलाई पुल्पुलिएकी छोरीको भ्रम पालेकी त्यो परिवारकी छोरीलाई अनावश्यक निँहु खोज्न वा झगडा गर्न कुनै ठाउँ समय र अवस्था चाहिदैनथ्यो । उमेरले उनको त्यो झगडालु स्वभावमा परिवर्तन र परिपक्कताको माग गर्दथ्यो । तर उनका दाईहरुले कहिलेकाँही पुल्पुल्याउने बानीका कारण उनलाई झगडा गर्दामात्र आफुलाई ठुलो भएको महसुस हुन्थ्यो । त्यसैले पनि उनी आफनो बहादुरी प्रदर्शन गर्न दिनहुँ केही न केही बहानामा निहुँ खोजिरहन्थिन । यति सम्मकी केही निहुँ नपाउँदा खाना खाने वेलामा अमलेट दियो भने उनी उसिनेको अण्डाको माग गर्दथिन र उसिनेको अण्डा दिँदा अमलेटको माग गरेर निहुँ खोज्ने उनको बानी थियो । आज चाँही झगडा गर्दिनन् की भनेर अमलेट र उसिनेको अण्डा दुवै दियो भने उनी अमलेट पकाउनु पर्ने अण्डा किन उसिन्नु भयो र उसिन्ने अण्डाचाँही किन अमलेट बनाउनु भयो रु भनेर पनि निँहु खोजिरहन्थिन् ।

माथीको कथाले भनेजस्तै हिजोआज केही मानिसहरुले आफुलाई अग्लो सावित गर्न र कसैलाई खुशी बनाउन कै लागि पनि सामाजिक सञ्जालहरुको प्रयोग गरिरहेका छन् । अरुतिर एउटा औँला उठाउँदा आफुतिर फर्केका ४ औला विर्सिएर अरुबाट भएका कामहरुप्रति सामाजिक सञ्जालहरुमा अनावश्यक टिप्पणी गर्ने तर आफनो दायित्वलाई विर्सने काममा केही मानिसहरु लागि परेका छन् । सस्तो लोकप्रियताका लागि केही मानिसहरु बीचमा सल्लाह गरेर फेसबुक र टुइटरमा नकारात्मकता सिर्जना गर्ने टिप्पणी लेख्ने र आफना नजिकमा रहेका अनलाईनमा समाचार बनाउने र फेरी त्यसलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने र आफै आज क्या काम गरियो भनेर आत्मरतिमा रमाउने प्रचलन नेपालमा बढदै गएको छ ।

सिङगो विश्व समुदाय अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । विश्वका हरेक राष्ट्र र सरकार प्रमुखहरु, नीति निर्माताहरु, समाजका हरेक क्षेत्र वा समुदायका मानिसहरु यो लडाईलाई परास्त गर्ने अभियानमा लागिरहेका छन । संसारका हरेक देशका राष्ट्र र सरकार प्रमुखहरु आफना नागरिकहरु ९स्वदेश वा विदेश, जहाँभएपनि० उनीहरुलाई यो संक्रमणबाट कसरी जोगाउन सकिन्छ भनेर आफना कुटनीतिक निकायहरुमार्फत छलफल पनि गरिरहेका छन । हामी नेपालीहरु पनि अहिले कोरोना भाइरस विरुद्धको लडाईमा छौ र सरकारले बन्दाबन्दी ९लकडाउन० को रणनीति मार्फत भाइरसको संक्रमणलाई रोक्ने रणनीतिलाई कार्यान्वयन गरिरहेको छ । यो समयमा हाम्रो राष्ट्र प्रमुखबाट पनि यसको संक्रमणलाई कसरी न्युनिकरण गर्ने, बन्दावन्दीबाट नागरिकहरुको आर्थिक, सामाजिक जीवनमा पर्ने प्रभाव र त्यसलाई न्युनिकरण गर्ने बिषयमा संस्थागतरुपमै मन्त्री परिषद वा त्यसका सदस्यहरुसँग चासो राख्दै आउनु भएको छ ।

लकडाउन शुरु हुने वितिकै राष्ट्रपतिले चैत १३ गते कोरोना भाइरस नियन्त्रण समितिका संयोजक माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल र सरकारका प्रवक्ता समेत रहनु भएको सुचना तथा सञ्चार र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएर नेपालमा कोरोना भाइरसको नियन्त्रण गर्ने, संक्रमितहरुको उपचार कसरी गर्ने, स्वास्थ्य क्षेत्रको संरचनागत र जनशक्तिको क्षमता र त्यसको प्रयोग र परिचालनका बिषयहरु, लकडाउनका कारण परेको आर्थिक र सामाजिक प्रतिकुलतामा परेका नागरिकहरुलाई राहत प्याकेज आदिका बारेमा जानकारी लिनु भएको हामीलाई जानकारी नै छ । राष्ट्रपतिले चैत १२ गते आफ्नो पहिलो बक्तव्य मार्फत पनि कोरोना भाइरस नियन्त्रण गर्ने काममा सवै नागरिकहरु एकजुट भएर लाग्नु पर्ने र यसबाट नागरिकहरुमा पर्ने असरको न्युनिकरणका लागि सरकार लगायत सवै क्षेत्रबाट सहयोगका लागि पनि आव्हान गर्नु भएको थियो । त्यसको लगत्तै सरकारले बनाएको कोरोना राहत विशेष कोषमा उहाँले आफना तर्फबाट २ लाख सहयोग रकम पनि जम्मा गर्नुभएको छ ।

नेपालीहरु देशभित्र हुन् वा बाहिर, जहाँ भएपनि आखिर सवै नेपालीहरुको देश त नेपाल नै हो । देशको महत्व देशभित्र भन्दा देश बाहिर रहेको समयमा अझ संकट र विपतीको समयमा त झन धेरै हुन्छ । अहिले हाम्रो राष्ट्र प्रमुखले देशभित्रका नागरिकहरुको मात्र होइन की देश बाहिर रहेका नेपालीहरुको अवस्था, कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि राजदुतावास र कुटनीतिक क्षेत्रबाट भएका पहलकदमीहरुको बारेमा पनि चासो राखिरहनु भएको छ । अहिलेसम्म उहाँले कतार, अमेरिका, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, बेलायत, बंगलादेश, पाकिस्तान, स्पेन लगायतका देशमा रहनुभएका राजदुतहरुमार्फत नेपालीहरुको अवस्थाका बारेमा चासो राखिसक्नु भएको तथ्य हामीसँग छ । तर राष्ट्र प्रमुखका हैसियतमा उहाँले देश बाहिर रहेका आफना देशका नागरिकहरुको स्वास्थ्य र अन्य अवस्थाका वारेमा चासो राख्नु भएको बिषयलाई लिएर अनावश्यक टिप्पणीहरु भएका छन । यसमा देशभित्रका नागरिकका वारेमा चासो नराख्नु भएको तर अमेरीकामा रहनु भएका नागरिकहरुको मात्रै सोधीखोजी गर्नु भएको जस्तो गरेर सामाजिक सञ्जालमा टिप्पणी गरेर राष्ट्रपतिलाई विवादित बनाउने प्रयत्न गरिरहेका छन । तर यो प्रयत्न माथिको कथामा भनेजस्तै केही बिषय नपाएर अमलेट बनाउने अण्डालाई किन उसिनेको र उसिन्ने अण्डालाई किन अमलेट बनाएको भनेर निहुँ खोजे जस्तै बिषय हो । यो वा त्यो बहानामा अल्पज्ञान, अल्पसूचना र अडकलका भरमा आफुलाई अग्लो बनाउन वा कसैलाई खुशी बनाउन कसैबाट गरिएको टिप्पणीले नागरिकहरुको बुझाईलाई भ्रमित बनाउन सक्दैन ।

सस्तो लोकप्रियता, पुर्वाग्रह र खराब भावना लिएर कसैलाई आरोप लगाउनु राम्रो होइन । सामाजिक सञ्जालमा कहिले राष्ट्रपति कोठीको देउता भयो भन्ने, कहिले कार्यकारी जस्तो हुन खोज्यो भन्ने सधै यो वा त्यो वहानामा राष्ट्रपति संस्थालाई विवादमा तान्ने प्रयास गरेको देखिन्छ । राष्ट्रपति देशको अभिभावक हो । उहाँको पनि तोकिएको काम, कर्तव्य र अधिकारहरु हुन्छन, राष्ट्रपतिले सम्बन्धीत निकायलाई निर्देशन दिने हो तर यहाँ राहतको पोको बोकेर घरघरमा जानुपर्ने जस्तै गरि व्याख्या गरिन्छ । अभिव्यक्त यस्ता टिप्पणीहरुले टिप्पणी गर्ने व्यक्तिमा भएको कुण्ठाको प्रतिविम्व भन्दा अर्को कुनै परिचय दिनै सक्दैन । यो समय अनावश्यक टिप्पणी गरेर आफनो विकृत कुण्ठा पोख्ने समय होइन, भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता व्यक्त गर्ने समय हो । हामी नेपालीहरु देश भित्र वा वाहिर जहाँ छौ, गाउँमा वा शहरमा जहाँ छौ, त्यहीबाट यो महामारीको रुपमा फैलिरहेकोे कोरोना भाइरसलाई पराजित गर्ने अभियानमा सामेल हुनु नै अहिलेको महान कार्य हो ।

Nabintech