६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बर्दियाको राजापुरमा जङ्गली हात्ती मृत फेला


 

बर्दिया / बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिए । सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ ।

Nabintech